Saturday, July 27, 2024

बैतडीमा बेपत्ता शिक्षक बोहरा अझैं भेटिएनन्, खोजीका लागि प्रहरी परिचालन

प्रकाशित:

महेन्द्रागर ।  डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा ११ दिन हुँदा पनि बेपत्ता छन् । भदौ ५ गते विद्यालय जान हिँडेका उनी बेपत्ता रहेपछि खोजीका लागि प्रहरी परिचालित भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

प्हरकिा अनुसार बोहराले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ । प्रहरी निरीक्षक केसीले बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन भएको जानकारी दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार