Saturday, July 27, 2024

दोधारा-चाँदनीमा डा. गोविन्द केसीले तीन दिन स्वास्थ सेवा दिने

प्रकाशित:

महेन्द्रनगर । आइतबारदेखि कञ्चनपुरको दोधारा–चाँदनीमा डा.गोबिन्द केसीले तीनदिन स्वास्थ्य सेवा दिने भएका छन । दोधारा–चाँदनी नगर अस्पतालले आइतबारदेखि आयोजना गर्ने स्वास्थ्य शिबिरमा डा. केसीले तीनदिन स्वास्थ्य सेवाद दिने भएका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधाराचाँदनी नगरपालिका ६ का वडाध्यक्ष एव नगर अस्पतालका अध्यक्ष ओम बस्नेतले अर्थोपेडिक सर्जन हार्डजोर्नी तथा नसा रोग विषेशज्ञ डा. केसीले निःशुल्क परामर्स सेवा दिने बताए ।

‘उहाँ डाक्टर केसी सापले बिरामीलाई निःशुल्क परामर्स दिनुहुनेछ, ‘वडाध्यक्ष बस्नेतले भने, ‘यो हामी दोधाराचाँदनी नगरबासीका लागि खुसिको विषय हो ।’ डा. केसीसंगै नगर अस्पतालमा कार्यरत डा. पवन शाह, जयानन्द प्रशाद शाह, आशिक मन्सुरी सहितका चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत नियमित ओपिडी मार्फत स्वास्थ्य सेवा दिन्छन ।
विशेषज्ञ सहितको स्वास्थ्य शिबिरमा हजारौँ स्थानीय लाभान्वित हुने अध्यक्ष बस्नेतको दावि छ ।

ताजा समाचार

सम्बन्धित समाचार