Saturday, July 27, 2024

फुपूको घर हिँडेकी बालिकालाई अटो चालकले गरे होटलमा लगेर बलात्कार

प्रकाशित:

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अलपत्र परेकी एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाही यसै साताको बुधबार पक्राउ परेका हुन्। उनीमाथि दैलेखको एक गाउँकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। प्रहरीले अनुसन्धान प्रयोजनका लागि ती बालिकाको नाम ‘६४ वीरेन्द्रनगर’ राखेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी ९प्रहरी नायव उपरीक्षक० लक्ष्मण शाहीले अलपत्र परेकी बालिका देखेपछि सुरेन्द्रबहादुरले बलात्कार गर्ने र मारिदिने योजना बनाएको समेत अनुसन्धानबाट खुलेको बताए।

ती बालिका एसइई ९माध्यमिक शिक्षा परीक्षा० को नतिजापछि दुई विषयको ग्रेड वृद्धिको तयारीमा थिइन्। घरमै बसेर पढ्दै थिइन्।

एकदिन ती बालिका आफ्ना बुवाको मोबाइल फोन चलाउँदै थिइन्। पढ्न छोडेर मोबाइल धेरै चलाएको भनेर हजुरआमा रिसाइन्। बालिकाले हजुरमाको कुरामा इख राखिन्। वीरेन्द्रनगरमा बसेर राम्रो पढ्ने र ग्रेड सुधार गर्ने अठोट गरिन्।

वीरेन्द्रनगरमा उनकी फुपूको घर थियो। त्यहीँ बसेर ग्रेड वृद्धि परीक्षाको तयारी गर्ने विचार गरेर घरबाट हिँडिन्। भदौ २ गते उनी गाउँबाट हिँडेर दैलेख सदरमुकाम गइन् र त्यहाँबाट गाडी चढेर सुर्खेत पुगिन्।

उनी सुर्खेत पुग्दा साँझको साढे सात बजेको थियो। कुनै अस्पतालको चोकनजिक फुपूको घर छ भन्ने थाहा थियो तर बाटोको मेलो पाइनन्। बाटो भुलिन्, उनले फुपूको घर फेला पार्न सकिनन्। उनी एक्लै थिइन्, साथमा फोन पनि थिएन।

डिएसपी शाहीले सेतोपाटीसँग बालिकाको बयान उद्धृत गर्दै भने, ‘।।।त्यसपछि म सुर्खेत गएर राम्रो पढ्छु, कम नम्बर आएको विषयमा फेरि उत्कृष्ट नम्बर ल्याउँछु भन्ने सोचेर यहाँ आएकी थिएँ।’

प्रहरीका अनुसार सुर्खेत पुग्दा उनीसँग पैसा थिएन, राति फुपूको घर खोज्दै हिँडेरै पुग्ने आँट गरेकी रहिछन्। सुर्खेतमा पानी पर्दै थियो। बालिका पानीले निथ्रुक्क भिजिन्। गणेशचोक नजिक कसैलाई अस्पताल जाने बाटो सोधिन्।

त्यतिकैमा चोक नजिकै भे १ ह २३०९ नम्बरको अटोरिक्सा लिएर चालक नजिकै आए। बाटो भुलेर अलपत्र परेकी ती बालिकालाई चालकले कहाँ जाने भनेर सोधे। बालिकाले जाने ठाउँ बताइन्। चालकले म पुर्‍याइदिन्छु भने। बालिकाले सोधिन्– तपाईंलाई त्यो ठाउँ थाहा छ ररु चालकले थाहा छ, सोधखोज गरेर घरमै पुर्याइदिन्छु भने। वीरेन्द्रनगरमा रातको समयमा सार्वजनिक यातायातमा अटोरिक्सामा मात्रै हुन्छ। बालिका चालकलाई विश्वास गरेर अटोरिक्सामा चढिन्। गणेश चोकबाट सिधै जाँदा बालिकाको फुपूको घर पुगिन्थ्यो तर चालकले कतै सुनसान जंगलमा पुर्‍याए।

‘ती बालिकालाई पुर्‍याइदिन्छु भनेर नजिकैको जंगलमा लग्यो। यहाँ त होइन भनेर बालिका ओर्लिन खोजेपछि चालकले आफू झुक्किएको बहाना बनाएर अटोरिक्सा घुमायो,’ डिएसपी शाहीले भने, ‘त्यसपछि पनि अटोवालाले ती बालिकालाई गल्ली र चोक घुमायो। त्यति बेलासम्म रातको ९ बज्यो।’

बालिका अझै पनि फुपूको घर पुग्ने विश्वासमा थिइन्। उनले चालकको नियत खराब रहेको थाहा पाइनन्। आफूमाथि बज्रपात पर्न लागेको पत्तै पाइनन्।

चालकले बालिकालाई वीरेन्द्रनगर नगरपालिका–६, शनिहल लाइनमा रहेको ‘यरो थकामी बार एन्ड लज’ मा पुर्‍याए। अटोरिक्सा अलिक परै राखे। बालिका ओर्लिनन्।

चालकले कोठा मागे। होटलका म्यानेजरले कोको बस्ने भनेर सोधे। चालकले ‘हामी श्रीमान्–श्रीमती छौं’ भने। म्यानेजरले श्रीमती खोइ भनेर सोधे। चालकले बाहिर छिन्, आउँदैछिन् भने।

म्यानेजरले नाम दर्ता गरे। चालकले होटलमा आफ्नो नाम सुरेन्द्र थापा भनेर लेखाए। ठेगाना गोरखा लेखाए। श्रीमती भनेकी बालिकाको नाम लेखाएनन्, आफ्नो फोन नम्बर पनि लेखाएनन्। म्यानेजरले दर्ता किताबमा फोन नम्बर र महिलाको नाम लेख्ने ठाउँमा ‘इन्टु’ चिह्न लगाए।

खासमा ती अटोरिक्सा चालकको नाम सुरेन्द्रबहादुर शाही थियो। उनी पक्राउ परेको केही घण्टापछि नागरिकता हेरेर प्रहरीले नाम पत्ता लगाएको थियो।

उनको खास ठेगाना अछामको पञ्चदेवल विनायक नगरपालिका–३ रहेछ, साविकको बराला गाविस–३, उमेर ३६ वर्ष रहेछ। हाल वीरेन्द्रनगर नगरपालिका–३, तातापानीमा कोठा भाडामा लिएर बसेका रहेछन्।

‘बालिकालाई फकाउन खोजेको कुरा होटलको सिसिटिभीमा देखिएको छ। इन्ट्री ९दर्ता० गरिसकेपछि पनि अटोरिक्सा चालक तीन पटक बाहिर र भित्र गर्छन्, बालिका आउन मान्दिनन्,’ डिएसपी शाहीले भने, ‘उसले फकाउँदै बोलाएको छ। बालिकालाई अहिले तिमीले जान खोजेको ठाउँ भेटिएन, अब अबेर भइसक्यो, तिमीलाई यहाँ सुताएर म जान्छु भनेछ। तिमी मेरी बहिनी र छोरीजस्तो हो, भोलि बिहानै आएर तिम्री फुपूको घर पुर्‍याइदिन्छु भनेर विश्वास दिलाएको रहेछ।’

त्यसो भनेपछि बालिका होटलमा बस्न राजी भइन्। बहिनी र छोरीजस्ती भनेपछि सायद उनी ढुक्क परिन्। चालकले ती बालिकलाई होटल काउन्टरको पछाडिको कोलियाबाट भित्र पठाए। त्यहाँ सिसी क्यामरा थिएन। होटलले ४०१ नम्बरको कोठा दिएको थियो।

होटलको कर्मचारीले चाबी दिएपछि चालक बालिकालाई लिएर कोठामा पुग्छन्।

‘कोठामा पसेर चालकले ढोकाको चुकुल लगाउँछ। त्यसपछि बाहुला खोलेर ट्याटु देखाउँछ। उसको दायाँ हातको नाडीमा एसएलआर राइफलको ट्याटु छ,’ डिएसपी शाहीले बालिकाको निवेदन उद्धृत गरे, ‘शरीरमा थुप्रै ट्याटु छन्, ती सबै ट्याटु देखाउँदै रिक्सावालाले म यहाँको डन हो, मैले भनेको मानिनस् भने मारिदिन्छु भनेर धम्क्यायो।’

यसरी धम्क्याएर उनले नांगै हुन अह्राए। बलात्कार गरे र केहीबेरमा बाहिर निस्के। बाहिरबाट ढोका बन्द गरेर हिँडे अनि होटलको काउन्टरमा गएर चार क्यान बियर लिएर आए।

प्रहरीका अनुसार बालिकालाई समेत जबर्जस्ती बियर खुवाए।

‘बालिकाले म खान्नँ मलाई भोमिट हुन्छ भन्छिन् तर उसले जुस हो भनेर जबर्जस्ती गर्छ। धम्की दिन्छ,’ डिएसपी शाहीले भने, ‘गिलासमा हालेर बालिकालाई दिन्छ। उनले भोमिट गर्न खोज्छिन् तर उसले खुरूक्क खा भन्दै जबर्जस्ती गर्छ। त्यसपछि दुई पटक बलात्कार गर्छ।’

भोलिपल्ट भदौ ३ गते बिहान साढे पाँच बजे सुरेन्द्रबहादुरको मोबाइलमा फोनको घण्टी बज्छ। उनले फोन उठाउँछन्। बालिकालाई ‘मेरो कोरियन भाषा कक्षा छ, म पढ्न जान्छु, एक घण्टापछि आउँछु र पुर्‍याइदिन्छु’ भनेर उनी निस्किन्छन्। ढोकामा बाहिरबाट ताल्चा लगाइदिन्छन्।

सुरेन्द्रबहादुर साढे नौ बजे आएर कोठामा पस्छन्। बालिकामाथि फेरि बलात्कार गर्छन्। केहीबेरमा दुबै जना बाहिर निस्किन्छन्। फुपूको घर पुर्‍याइदिन्छु भन्दै बालिकालाई अटोरिक्सामा राखेर अघि बढ्छन् र अलिक पर एउटा साँघुरो गल्लीमा ओह्रालेर आफू बेपत्ता हुन्छन्।

‘बालिका न हिँड्न सक्छिन्, न बोल्न सक्छिन्। उनको आँखा धमिलो हुन्छ। टाउको दुखेको छ। शरीर दुखेको छ, पेट पनि दुखेको छ,’ डिएसपी शाहीले भने, ‘उनलाई आफू कुन ठाउँमा छु र जाने कुन ठाउँ हो भन्ने पनि थाहा हुँदैन। एउटा होटलमा पुगेर पानी माग्छिन्। होटलको मान्छेले मिनरल वाटर दिऊँ भनेर सोध्छ। मिनरल वाटर भनेको पनि उनलाई थाहा छैन। उनले हुन्छ भन्छिन्। होटलवालाले पहिले पैसा माग्छ। पैसा छैन भनेपछि पानी दिँदैन।’

डिएसपी शाहीका अनुसार बालिकाले अर्को होटलमा गएर पानी मागिन्। होटल साहुले गिलासमा पानी दिए। पानी पिएर थचक्क उनी बसिन्।

बालिकाको हालत देखेर होटलवालाले के भयो भनेर सोधे। बालिकाले आफूलाई सञ्चो नभएको बताइन्। त्यति बेलासम्ममा दिउँसोको १ बजेको थियो। बालिका त्यो होटलबाट हिँडिन्।

हिँड्दाहिँड्दै वीरेन्द्रनगरको व्यस्त ठाउँ मंगलगढी चोक पुगिन्।

‘उनी बसपार्क कता हो भनेर कसैलाई सोध्छिन्। देखाएकोतिर पनि जान्छिन् तर बसपार्क पुग्दिनन्,’ डिएसपी शाहीले भने,‘उनले बसपार्क जाने, बस चढेर दैलेखतर्फ जाने सोच बनाइछन्। हिँड्दाहिँड्दै चिनजानकी एकजना दिदीले भेटिछन्।’

बालिकाको मनस्थिति ठीक ठाउँमा थिएन। उनले दिदीलाई चिनिनन्।

‘दिदीले चिनेकी जस्तो ठानेर उनलाई बोलाउँछिन्। कहिले आएकी, कता जान लागेकी भनेर सोध्छिन्। आफूलाई चिनाउँछिन्। बल्ल बालिकाले पनि चिन्छिन्,’ उनले भने, ‘दिदीले बालिकाको हालत खराब देख्छिन् र के भयो भनेर सोध्छिन्। बालिकाले म एक्कासि बिरामी परेँ भन्छिन्। दिदीले घरमा जाऊँ भन्छिन् तर बालिका मान्दिनन्। दिदीले जोड गरेपछि बालिकाले म हजुरको घर त जान्छु, तर मेरा आमाबुबालाई म सुर्खेत आएको कुरा नभन्दिनू भनेर आग्रह गर्छिन्।’

ती दिदीले बालिकालाई आफ्नो घरमा लगिन्। बालिका दिदीको घरमा १० दिन बसिन्। डिएसपी शाहीले बालिकाबारे दिदीको भनाइ उद्धृत गरे, ‘६–७ दिनसम्म त सुत्न र पिसाब फेर्न पनि सकिनन्। खाना पनि मन लगाएर खाइनन्।’

बालिकाले दिदीसँग आफूमाथि भएको जघन्य अपराधबारे केही पनि भनिनन्। बालिका विक्षिप्त देखिएपछि ती दिदीले १० गते राति बालिकाका बुबालाई फोन गरेर छोरीबारे बताइन्।

भदौ ११ गते बुबा आए। बुबाले सोधीखोजी गरेपछि बालिकाले घटना सुनाइन्। भोलिपल्ट १२ गते बिहान बुबा प्रहरीमा पुगे।

‘बाबु एकोहोरो डाको छोडेर रुन्छन् मात्र, के भयो भनेर सोध्दा अन्तिममा उनले छोरीलाई एउटा अटोरिक्सा चालकले होटलमा लगेको हो रे मात्र भने,’ डिएसपी शाहीले भने, ‘त्यसपछि छोरीलाई लिएर आउनुहोस् भनें। बाबु गएर छोरी ल्याए। सुरूमा बालिकाले कुरा खोलिनन्। पानी र फलफूल खुवाएर महिला प्रहरीले परामर्श गरेपछि बिस्तारै कुरा खोल्न थालिन्।’

बालिकाले आफूमाथि परेको बज्रपातको घटना सुनाएपछि तत्कालै प्रहरीले पीडकको खोजी सुरू गर्‍यो।

डिएसपी शाहीका अनुसार बालिकालाई अटो रिक्साको नम्बर थाहा थिएन तर पछाडि एउटा खेलाडीको फोटो टाँसेको ख्याल गरेकी थिइन्। उनले दिएको जानकारीअनुसार प्रहरी टोलीले होटलको सिसी क्यामरा फुटेज हेर्‍यो। बालिकाले भनेअनुसार घाँटीमा ट्याटु भएको अनुहार देखियो।

प्रहरीले १२ गते दिनरात खोज्यो तर सुरेन्द्रबहादुर भेटिएनन्। भोलिपल्ट १३ गते यरीचोकमा भेटिए। डिएसपी शाहीका अनुसार सुरेन्द्रबहादुर दुई वर्ष मलेसिया बसेर आएका रहेछन्।

सुरूमा उनले प्रहरीसँग पनि आफ्नो घर गोरखा हो भनेका थिए। कहिले झापा हो भने। होटलमा लेखाएकै नाम ‘सुरेन्द्र थापा’ बताए। तीन घण्टापछि उनले आफ्नो कोठा देखाए। कोठामा उनको नागरिकता प्रमाणपत्र भेटियो। त्यसपछि मात्र उनको सही पहिचान खुल्यो।

‘अन्यत्र पनि कहिले आफू झापाको, कहिले गोरखाको भन्दो रहेछ,’ डिएसपी शाहीले भने, ‘हामीले नागरिकता माग्दा पनि चितवनमा आफ्नी श्रीमती छन्, उनैसँग छ भन्यो। पछि जोड गरेर कोठा देखाउन लगायौं।’

उनका अनुसार बयानका क्रममा पीडक सुरेन्द्रबहादुरले बलात्कृत बालिकालाई दिउँसो जंगलमा पुर्‍याएर मार्ने योजना बनाएको संकेत गरेका छन्।

उनले भने, ‘अन्तिममा त बालिकाले भनेकै अपराध गरेको कुरा खोल्यो। उसले होटलमा बलात्कार गरेपछि ३ गते दिउँसो जंगलमा लगेर फेरि बलात्कार गर्ने र घाँटी अँठ्याएर मार्ने योजना बनाएको जस्तो संकेत गरेको छ।’

प्रहरीले सुरेन्द्रबहादुरविरूद्ध अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाएर उनालई अदालतमा पेश गरेको छ। अदालतले प्रहरीलाई पाँच दिनको म्याद दिएको छ। डिएसपी शाहीका अनुसार सुरेन्द्रबहादुरले अरू पनि कुनै अपराध गरेको शंका छ र त्यही अनुसार खोजी हुँदैछ। (दिपक जंगशाहीले सेतोपाटीमा लेखेकाछन् ।)

ताजा समाचार

सम्बन्धित समाचार