Saturday, July 27, 2024

कञ्चनपुरका निर्माण व्यवसायीहरुलाई दुई दिने निर्माण व्यवस्थापन तालिम

प्रकाशित:

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले दुई दिने निर्माण व्यवस्थापन तालिम सम्पन्न गरेको छ । बुधबार देखि निर्माण व्यवसायी संघ कञ्चनपुरको सभाहलमा सुरु भएको उक्त तालिम बिहिबार सम्पन्न भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निर्माण व्यवसायीहरु क्षमता अभिबृद्धिका लागि उक्त तालिम आयोजना गरिएको संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए । नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा कञ्चनपुरका सय भन्दा बढी निर्माण व्यवसायीहरुले उक्त व्यवस्थापन तालिममा सहभागिता जनाएको संघका सचिव सुर्य बहादुर चन्दले बताए ।

संघका अध्यक्ष भट्टको सभापतित्वमा भदै १३ र १४ गते आयोजना गरिएको उक्त तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश बहादुर सेठी रहनुभएको थियो ।
त्यस्तै उक्त तालिम सत्रको समापनमा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ई.आङ दोर्जी लामा प्रमुख अतिथी रहनुभएको थियो ।

उक्त तालिमबाट जिल्लाका निर्माण व्यवसायीहरुले व्यवस्थापन सम्बन्धमा धेरै कुरा बुझ्ने मौका पाएको बताएका छन् । जिल्लाका अधिकांश निर्माण व्यवसायीहरुलाई धेरै कुरा सिक्ने मौका मिलेको र महासंघबाट यस्ता अन्य थप कार्यक्रमहरु पनि आयोजना गरिनु पर्ने संघ कञ्चनपुरका कोषाध्यक्ष दिपक भट्टले बताए ।

दुई दिने उक्त निर्माण व्यवस्थापन कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष देव बहादुर चन्दले गरेका थिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार