Saturday, July 27, 2024

सिद्धनाथ मावि विद्यालयले भन्यो, ‘घटनामा संलग्न करन मल्लको आरोपमा कुनै सत्यता छैन’

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालय नियमित संचालन हुने भएको छ । लगातार १२ दिनदेखि पठन पाठन पुर्ण बन्द भएको सिद्धनाथ माध्यामिक विद्यालय शुक्रबारदेखि नियमित संचालन हुने भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबार विद्यालयमा शिक्षक अभिभावक भेला एव विद्यालय व्यवस्थापन समितिको बैठकबाट नियमित विद्यालय संचालन गर्ने निर्णय भएसंगै १५ भदौँ९शुक्रबार०देखि नियमित विद्यालय संचालन गरिने जनाईएको छ । विद्यालयका प्रद्यानाध्यापक कृष्ण सिह बोहराले शिक्षक, अभिभावक भेलाबाट विद्यालय नियमित संचालन गर्ने निर्णय अनुरुप विद्यालय संचालन गरिने बताए ।

विद्यालयकी एक छात्राले शिक्षक बिरेन्द्र प्रशाद जोशीमाथि यौनजन्य दुव्र्यवहार गरेको आरोप लगाएपछि छात्राका आफन्त एव केही मान्छेहरुले प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेपछि विद्यालयमा ३ भदौँदेखि नियमित कक्षा संचालन हुन सकेका थिएनन् । शिक्षक जोशीमाथि कुटपिट भएको बिरोधमा १०भदौँदेखि १२सम्म नगर तथा जिल्लाका शिक्षक संघ संगठनहरुले जिल्लाभरी विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । मंगलबार शिक्षक संघ संगठन र प्रशासनविच पाँच बुदे सहमती भएपछि शिक्षकले आन्दोलन फिर्ता लिएर बुधबारदेखि नियमित कक्षा संचालन गरेपछि सिद्धनाथ माविमा बुधबार कक्षा संचालन भएका थिएनन् ।

अभिभावक भेलाबाट विद्यालयलाई अनिर्णयको बन्दीमा राख्नेदेखि अन्य ६ सय विद्यार्थीको भविष्य चौपट पार्ने काम गर्न नहुने आम अभिभावकले सुझाव दिएपछी विद्यालय प्रशासन कक्षा संचालन गर्न तयार भएको हो । यौनजन्य दुव्र्यवहारको आरोपमा सिद्धनाथ माविका शिक्षक बिरेन्द्र प्रशाद जोशीमाथि कुटपिट प्रकरणलाई लिएर शिक्षक संगठन संगठन र प्रशासनविच भएको पाँच बुँदे सहमतीकै दिन घटनाका मुख्य योजनाकार भनिएका करन मल्लले भिडियो मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश विष्ट, प्रअ कृष्ण सिह बोहरा र स्थानीय युवा दिनेश विष्टमाथि आरोप लगाएका थिए ।

मल्लले भिडियो मार्फत उक्त घटनाका मुख्य योजनाकार आफु नभई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश विष्ट र प्रअ हेडसर कृष्ण बोहरालाई गम्भिर आरोप लगाएपछि विद्यालय प्रशासनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मल्लले लगाएका आरोप भिडियो सत प्रतिशत सफेद झुट भएको विद्यालयका अध्यक्ष र प्रअले जनाएका छन ।विद्यालयका प्रअ कृष्ण सिह बोहराले घटनाका मुख्य आरोपितले आफुहरुमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको बताए । प्रअ बोहराले पुरै झुटको खेती भएकाले भ्रमको पछि नपर्न आग्रह गरेका छन । उनले प्रअले के आफ्ना स्टाफलाई कुटपिट गराउन लगाउँछ भन्दै प्रशन गरेका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश विष्टले आफु डिबी विष्टलाई करन मल्लले लगाएका आरोपमा निराधार भएको बताए । उनले आफु र डिबीविच यस विषयमा कुरै नभएको बरु दुवैका मोवाईल चेक गर्न चुनौती दिएका छन । घटना घटाएर आफु फस्ने भएपछि अरुमाथि निराधार आरोप लगाएर समाजमा भ्रम सृजना फैलाउने काम भएको बताए । विद्यालयले करन मल्लले भिडियो मार्फत लगाएको आरोपका पछि नपर्न समेत आब्हान गरेको छ । उक्त प्रकरणमा घाईते शिक्षक बिरुद्धमा छात्राका परिवारले बालयौनदुराचारमा मुद्दा र घाईते शिक्षकका तर्फबाट ज्यान उद्योगमा मुद्दा दायर गरेका छन ।

शिक्षक संघ संगठनहरुले प्रहरी नियन्त्रणमा रहेका शिक्षकमाथि कुटपिट घटनामा प्रहरीको लार्पबाही भएकाले छानबिन गरेर दोषि प्रहरीमाथि कार्बाहीको माग अघि सारेपछि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको संयोजत्वमा छानबिन समिति समेत बनाएको छ । छानबिन समितिले उक्त घटनामा प्रहरीको लार्पबाही भए नभएको बारे छानबिन गरेर प्रतिवेदन बुझाउने जनाएकोछ ।

कुटपिटबाट घाईते भएका शिक्षक जोशीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको छ । भने शिक्षक जोशीमाथि कुटपिट गर्ने ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रंवक्ता प्रकास डाँगीले घटनाको छानबिन भईरहेको बताएका छन । ‘कुटपिटवाला घटनाको छानबिन अघि बढीसकेको छ, ‘उनले भने, ‘दुवै घटना बारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।’ अभिभावकले समेत शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट भएको घटना भत्र्सनायोग्य जति निन्दा गरेपनि कमै हुने भएको बताएका छन । भने अब प्रहरीले दुवै घटनाको छानबिन भईरहेका बेला विद्यालय संचालन गर्नुपर्ने सुझाव दिदै आएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार