महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका नयाँ इन्चार्ज प्रहरी निरीक्षक नरेश विकले कञ्चनपुर जिल्लाको ट्राफिक व्यावस्थालाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउने बताएका छन् । विकले ट्राफिक व्यवस्थापन र सवारी दुर्घट्ना न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

ट्राफिक प्रहरी कार्यालयमा आइतबार पत्रकारहरुसित परिचयात्मक कार्यक्रम गर्दै उनले ट्राफिक व्यवस्थापनका लागि सचेतना फैलाउने र ट्राफिक सम्बन्धि विद्यमान कानुन कार्यान्वयनका लागि सक्रिय रुपमा लाग्ने बताएका हुन् ।‘ट्राफिक व्यवस्थापन र सवारी दुर्घट्ना न्यूनीकरणलाई प्राथमिकता दिएर अघि बढ्छु, अहिले म ट्राफिक व्यवस्थापनको अवस्थाबारे जानकारी लिँदैछु’ उनले भने,‘ विशेषतः म दुई काम गर्ने सोचमा छ, त्यसमा अवारनेश र रिएक्टिभ कार्यलाई अघि राखेको छु ।’

ट्राफिक इन्चार्ज विकले जनचेतना मुलक कार्यक्रम अन्र्तगत शिक्षण संस्था र यातायातसंग सम्बन्धित क्षेत्रमा ट्राफिक सम्बन्धि नीति नियम सम्बन्धि सचेतना फैलाउने तथा सवारी साधनको चेकिङ्गदेखि मेकानिकल जाँच, पार्किङ्ग व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन लगायतका कार्यलाई प्रतिक्रियात्मक अर्थात रिएक्टिभ रुपमा गरिने जानकारी दिए ।



