Saturday, July 27, 2024

अदालतले पक्राउ पुर्जी जारी गरेका चन्द भगाउनुमा कञ्चनपुर प्रहरीकै मिलेमतो रहेको पिडित महिलाको दाबी

प्रकाशित:

आखिर कहिले पाउँलीन् त धनमती चन्दले न्याय ?
महेन्द्रनगर । प्रहरीले पक्राउ पुर्जि जारी गरेका शेर बहादुर चन्द प्रहरीकै अगाडी खुल्लेआम हिडिरहेको भएपनि प्रहरीले पक्राउ गर्न सकेकोे छैन् । प्रहरीले खोजि गरेका चन्द अदालतमा बहुविवाह मुद्दा खेपिरहेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका १८ का शेर बहादुर चन्द दोहोरो नागरीकता र बहुविवाह मुद्दामा फरार रहेका हुन् । चन्द माथि २०८० साउन १६ गते दोहोरो नागरीता र बहुबिवाहको मुद्दा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दर्ता भएपछी उनको नाममा पक्राउ पुर्जी जारी भएको थियो ।

चन्द अहिले सम्म प्रहरीको नजरमा फरार भए पनि बहुविवाहको मुद्दामा उनले जिल्ला अदालतमा हाजिर लगाएका छन् । एकातिर प्रहरीले उनलाई पक्राउ गर्न सकिरहेको छैन भने अर्को तर्फ उनि प्रहरीकै अगाडी अदालतमा हाजिरी लगाई रहेका देखिन्छन् । अदालतमा हाजिरी लगाएर जाने तर प्रहरीले थाहा नपाईरहेको भन्दा विभिन्न प्रश्नहरु उठिरहेका छन ।

जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी गणेश प्रशाद भट्टसँग मुद्दाका विषयमा बुझ्दा बहुबिवाह मुद्दा खेपिरहेका र दोहोरो नागरीकता मुद्दामा फरार रहेका शेर बहादुर चन्दले अदालतमा आई हाजिर लगाएको बताए । यसै बिषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश बहादुर डांगीसँग बुझ्दा प्रहरीले नचिनेका कारण पक्राउ गर्न नसकिएको हो, अदालतमा प्रहरी भएपनि त्यहाँको प्रहरीलाई पक्राउ गर्ने अधिकार नरहेको बताए । प्रहरी चन्दको खोजिमा रहेको प्रवक्ता डांगीले बताए ।

प्रहरीकै आँखा अगाडी आउने, जाने गर्दा कहीकतै प्रहरिको मिलोमतो होकि भन्ने तमाम आसंका पनि उब्जि रहेका छन् रु जाहेरी दिने शेर बहादुर चन्दकि जेठी श्रीमती धनमती अदालतले प्रक्राउ पुर्जि जारी गरेको भएपनि पक्राउ नगर्दा प्रहरी माथि पनि संका लागेको बताईन् ।

प्रहरीले पक्राउ गर्न किन बेवास्ता गरिरहेको छ रु यदी पक्राउ गर्ने प्रक्रिया प्रहरीले अगाडी बढाएको भए अहिले उनि थुनामा हुने थिए ।’ उनले अगाडी थपिन, ‘प्रहरीकै लाप्रवाहिले २०७१ सालमा शेर बहादुर चन्द माथी घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ताहुदा समेत पक्राउ नगरी प्रहरीले फरार देखाएको थियो ।’ त्यस्तै अहिले पनि सम्पुर्ण कानुनी प्रक्रिया पुरा हँुदा हुँदै पनि प्रहरीले पक्राउ गर्न बेवास्ता गरेको हुदा अझै पनि आफुले न्याय पाउनेमा संका रहेको श्रीमती चन्दको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार