Saturday, July 27, 2024

५ लाख धरौटी तिरेर तारेखमा बसे भीमदत्त नगरपालिकाका निवर्ततमा मेयर सुरेन्द्र बिष्ट

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्रबहादुर विष्टविरुद्ध विशेष अदालतमा आज भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटी लिएर तारेखमा छोडेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा दायर गरेको मुद्दामा भएको थुनछेक बहसपछि विष्टबाट ५ लाख रुपैयाँ धरौटी मागेको थियो ।

आदेशलगत्तै धरौटी बुझाएर पूर्वमेयर विष्ट तारेखमा बसेका विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले बताएका छन् ।अदालतले विष्ट भाग्ने र प्रमाण नष्ट गर्न नसक्ने अवस्था रहेको भन्दै धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको कार्कीले बताए ।

न्यायाधीश शालिग्राम कोइराला र डा। खुशीप्रसाद थारुको इजलासले धरौटीमा छोड्ने आदेश दिएको हो । विष्टको मुद्दा नम्बर ०७९–सीआर–०१५६ रहेको छ ।आयोगले १० असारमा पूर्वमेयर विष्टसहित १२ जनाविरुद्ध दायर गरेको मुद्दामा आज भने विष्टविरुद्ध मात्रै थुनछेक वहस भएको थियो । यसअघि प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्ट, इन्जिनियर हिमालयसिंह ऐरलगायतविरुद्ध थुनछेक बहस भइसकेको छ ।

आर्थिक वर्ष २०७७।०७८ मा महाकाली नदीको रोयल्टी ठेक्कामा राजश्व चुहावट गरी गैरकानुनी लाभ उठाएको भन्दै अख्तियारले निवर्तमान मेयर विष्टबाट ३ करोड ३३ लाख २२ हजार रुपैयाँ बिगो भराउन, बिगोको दोब्बर जरिवाना र कैदको माग दावी गर्दै मुद्दा दायर गरेको छ ।यसअघि विष्टसँगै सोही मुद्दामा आरोपित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टलगायतबाट पनि धरौटी लिई अदालतले तारेखमा राखेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार