Saturday, July 27, 2024

पूर्वमेयर सुरेन्द्र विष्टविरुद्ध विशेष अदालतमा थुनछेक बहस जारी

प्रकाशित:

अपडेट स् पूर्वमेयर विष्टको बयान चलिरहेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्रबहादुर विष्टविरुद्ध अहिले विशेष अदालतमा थुनछेक बहस सुरु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा दायर गरेको मुद्दामा थुनछेक बहस हुन लागेको हो ।

आयोगले १० असारमा उनीसहित १२ जनाविरुद्ध दायर गरेको मुद्दामा आज भने विष्टविरुद्ध मात्रै थुनछेक वहस हुन लागेको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्ट, इन्जिनियर हिमालयसिंह ऐरलगायतविरुद्ध थुनछेक बहस भइसकेको छ ।

न्यायाधीश शालिग्राम कोइराला र डा। खुशीप्रसाद थारुको इजलासमा थुनछेक बहस भइरहेको विशेष अदालतले जनाएको छ । मुद्दा नम्बर ०७९–सीआर–०१५६ रहेको सो मुद्दा फाँट ‘क’मा सुनुवाई भइरहेको हो ।

आर्थिक वर्ष २०७७।०७८ मा महाकाली नदीको रोयल्टी ठेक्कामा राजश्व चुहावट गरी गैरकानुनी लाभ उठाएको भन्दै अख्तियारले निवर्तमान मेयर विष्टबाट ३ करोड ३३ लाख २२ हजार रुपैयाँ बिगो भराउन, बिगोको दोब्बर जरिवाना र कैदको मागदावी गर्दै मुद्दा दायर गरेको हो ।

आजको बहसपछि इजलासले विष्टलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी लिएर तारेखमा छोड्ने भन्ने आदेश दिनेछ ।यसअघि विष्टसँगै सोही मुद्दामा आरोपित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टलगायतबाट धरौटी लिई अदालतले तारेखमा राखेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार