Saturday, July 27, 2024

प्रमुख सचेतक लेखकद्धारा प्रेस युनियन कञ्चनपुरको कार्यालय उद्धाघाटन

प्रकाशित:

महेन्द्रनगर । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आफ्नो कार्यालय स्थापना गरेको छ । भीमदत्त नगरपालिका(१८ स्थित संचार चोकमा कार्यालय स्थापना गरिएको नेपाल प्रेस युनियन कञ्चनपुरका सचिव देवेन्द्र खड्काले बाताए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

विहिवार नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कार्यालयको उद्वघाटन गरेका छन् । कार्यालयको उद्वघाटन गर्दै प्रमुख सचेतक लेखकले बधाई तथा शुभकामना दिदै निरन्तरताका लागि आग्रह गरे । यस्तै उनले आफू प्रेस स्वतन्त्रताको पक्षधर रहेको समेत बताए ।

“म प्रेस स्वतन्त्रताको पक्षधर हो ।” उनले भने ” पत्रकारिता निष्पक्ष हुनु पर्दछ । कांग्रेसको शुभेच्छुक संस्था युनियन हु भन्दैमा कांग्रेसले गरेका गतल गतिविधि बारे नलेख्ने भन्ने हुदैन । निष्पक्ष तरिकाले काम गर्नु होला ।”

यस्तै उनले आफू विगतमा पत्रकारिता पेसा बाट आएकोले पत्रकारका दुख समस्या बुझेको बताउदै कार्यालय व्यवस्थापनका लागि सक्दो आवश्यक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेज सिंह मुस्कानले धन्यवाद व्यक्त गर्दै कार्यालय स्थापना भइसकेपछी अब सम्पूर्ण पत्रकार साथिहरु विच कोर्डिनेशन भइरहने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका महासचिव हरिश भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव धामी, नेपाली कांग्रेस भीमदत्त नगरसभापती अच्युत कलौनी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार