वडा अध्यक्ष देबकोटा माथि सांघातिक आक्रमण गर्ने युवा संघका ७ जना पार्टीको सदस्य समेत नरहने गरी निष्कासित

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालि वडा नम्बर १८ का वडा अध्यक्ष रबिन्द्र देवकोटालाई मरणासन्न गरी कुटपीट गर्ने ७ जनालाई पार्टीको सदस्य नरहने पार्टी बाट निष्कासित गरिएको छ ।मंगलबार नेपाल कम्युनिष्ट पार्टी एमाले कञ्चनपुरले प्रेस वक्तब्य जारी गर्दै जिल्ला कमिटी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले सोमबार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले निष्कासनको निर्णय गरेको बताईन् ।

बैठकले पार्टी जिल्ला कमिटी सदस्य कमल रोकाया,रमेश भट्ट,राधाकृष्ण जोशी,केशव चन्द,प्रविन बोगटी,रोहित कुवँर,नविन चन्द,लाई निष्कासीत गरेको हो ।बैठकले कुटपिटलाई साघांतिक र बर्बर आक्रमणको संज्ञा दिदै आक्रमण्ममा संङलग्नलाई कानुनबमोजिम कारवाही गर्न प्रशासनलाई आग्रह गरेको छ ।गत शनिबार एमालेको भातृ संघको १० औ जिल्ला अधिवेशनको कपा एमाले निकट युवा संघ नेपालको १०औं जिल्ला अधिवेशनका क्रममा विवाद हुँदा गत शनिबार दिउँसो कुटिएका देबकोटाको टाउको तथा शरिर भरी गम्भीर चोट लागेको थियो ।

अधिवेशनका लागि केन्द्रबाट आएका पार्टी पोलिटब्युरो सदस्य तथा युवा फाट ईन्चार्ज महेश बस्नेत,युवा संघका केन्दीय उपाध्यक्ष महाराज गुरुङ लगाउतले सम्झाई बुझाई गर्दा समेत नमानी कुटपिट गरेको अराजक,अनुसासनहिनता,र गुण्डागर्दीं गरेको भन्दै अध्यक्षमण्डलले संङलग्नमाथि कारवाहिका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको थियो ।

सचिवालयको बैठकले कुटपिटमा संङलग्न दखिएका र समान्तर गतिविधिमा सङलग्न अन्य पार्टी सदस्यलाई आवश्यक कारवाही गर्न कार्यबाहक अध्यक्ष लक्ष्मी बुढालाई अधिकार प्रत्यायोजन गर्ने  गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार