Saturday, July 27, 2024

नेपाली कांग्रेस भीमदत्त नगर समितिको नगर सम्मेलन सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेस भीमदत्त नगर समितिले १४ औं महाधिवेशन पश्चातको पहिलो नगर सम्मेलन सम्पन्न गरेको छ । शनिवार नेपाली कांग्रेस कञ्चनपुरको पार्टी कार्यालयमा सम्पन्न भएको उक्त सम्मेलनमा भीमदत्त नगर समितिले आफ्नो वार्षिक प्रतिवेदन समेत पेश गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाली कांग्रेसका प्रमु्ख सचेतक तथा पुर्व मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनमा पार्टीका नेता तथा कार्यताहरुले नेतृत्वलाई आफ्ना जिज्ञाशा तथा प्रश्नहरु समेत राखेका छन् ।

उक्त कार्यक्रमको सभापतित्व नगर सभापति अच्यूतराज कलौलीले गरे, भने कार्यक्रम सञ्चालन सचिव नितु भट्टले गरेकी थिइन् । सम्मेलनमा नेता तथा कार्यक्रताहरुको भव्य उपस्थित रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार