Saturday, July 27, 2024

दार्चुलामा एक पालिकाका निमित्त हाकिम, इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

प्रकाशित:

महेन्द्रनगर । दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर विष्टसमेत सात जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयागले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विष्ट अहिले पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै रूपमा कार्यरत छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

त्यस्तै,अख्तियारले सो नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेयलाई सोही सडकको गलत मूल्यांकन गरी बढी भुक्तानी दिन सिफारिस गरेको आरोपसहित ११ लाख ३० हजार दुई सय ६२ रुपैयाँ ६७ पैसा बिगो असुल गरी कैद र जरिवानाको मागदावी गरेको छ । त्यस्तै, अख्तियारद्वारा दायर आरोपत्रमा नगरपालिकाका तत्कालिन इन्जिनियर राजेन्द्रसिंह धामीबाट १४ लाख ७२ हजार दुई सय ८३ रुपैयाँ ४३ पैसा बिगो तथा कैद र जरिवानाको मागदावी गरेको छ । नगरपालिकाका सबओभरसियर दिपकसिंह विष्टबाट भ्रष्टाचार भएको रकम २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ ११ पैसाको बिगो तथा कैद र जरिवाना माग गरिएको छ ।

सो सडक निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी र कोषाध्यक्ष जानकी वडूबाट २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ ११ पैसा बिगो असुल गरी कैद र जरिवाना गर्न अख्तियारले मागदावी गरेको छ । नगरपालिकाको ६ नम्बर वडाको मौरीभिटादेखि ७ नम्बर र ८ नम्बर वडाको बन्तली बोहरीगाउँ जाने सडक निर्माण गर्दा कडा चट्टानको भाग बढी देखाएर झुट्टा बिल भर्पाई बनाई भुक्तानी दिएर भ्रष्टाचार गरेको दावीसहित अख्तियारले आज अदालतमा आरोपपत्र दायर गरेको हो ।

आर्थिक वर्ष २०७४÷०७५ र ०७५÷०७६ मा सो सडक निर्माणको वास्तविक लागतभन्दा २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ ११ पैसा अतिरिक्त भुक्तानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याइ कटिङ गर्दा बढी दररेट रहेको कडा चट्टानको परिमाण अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए÷गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे÷नगराएको परिमाणको झुट्टा बिल

भरपाइ तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी रु।२६,०२,५५६।११ बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ङ० बमोजिमको कसुर गरेको देखिँदा निज सुरेन्द्रबहादुर विष्टलाई रु। २६,०२,५५६।११ ९छब्बीस लाख दुई हजार पाँच सय छपन्न रुपैयाँ र पैसा एघार० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा९१० बमोजिम कैद र जरिवाना गरी सोही दफा बमोजिम बिगो रकम असुल उपर हुन समेत माग दाबी लिइएको छ । अख्तियारका प्रवक्ता भोला दाहालले मुद्दा दायर भएकोबारे रिटमार्फत जानकारी गराएका हुन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार