Saturday, July 27, 2024

लोकसेवाको किताबमै महिलालाई लक्षित गरी प्रयोग गरिएको शब्दप्रति मानव अधिकार रक्षक संजाल कञ्चनपुरको आपत्ति एवं ध्यानाकर्षण

प्रकाशित:

महेन्द्रनगर । महिलालाई अपमानित गर्ने गरी प्रयोग गरिएको सब्दावली प्रति महिला मानव अधिकार रक्षक संञ्जाल कञ्चनपुरले सरकारलाई गम्भीर ध्यानआकर्षण गराएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाल वन सेवा दिग्दर्शन गेमस्काउट,वनरक्षक,सफलताको साथी नाम गरेको पुस्तकलाई तल्कालै प्रतिवन्धितगरी आम महिलाको आत्मा सम्मानलाई लागेको चोटलाई सम्बोधन गर्नु पर्ने माग राख्दै महिला मानव अधिकार रक्षक संञ्जाल कञ्चनपुरले सरकारलाई गम्भीर ध्यानआकर्षण गराएका हुन ।

बुधबार जिल्लामा रहेका विभिन्न गैर सरकारी संस्था महासंघ, माईती नेपाल,मानव अधिकारको लागि महिला एकल महिला समुह, पीडित तथा एकल महिला विकास केन्द्र,साथी संस्था,नारी उत्थान,महिला स्वास्थ्य स्वयम् सेविका,आदर्श नेपाल,ईन्सेक,निड्स नेपाल लगाएतका संस्थाहरुले सयुक्त रुपमा सरकारलाई गम्भीर ध्यान आकर्षण गराएको मानव अधिकार रक्षक संजाल कञ्चनपुरले जनाएको छ ।नेपाल सरकारको उच्च पदमा कार्यरत कर्मचार राम एकवाल दासले तयार गर प्रकाश गरिएको वन रक्षक पदको लोकसेवा तयारी पारिएको उक्त पुस्तककमा लेखिएको प्रशनको हामे समाजमा विख्मान पितृसत्तात्मक सोच र महिलालाई हेर्ने विभेदकारी दृष्टिकोणलाई प्रतिविँब गरेकोछ ।

पुस्तकको सेट २४को पेज नम्बर १सय ४३ प्रश्न नम्बर १८ र मा प्रयोग गरिएको प्रश्न र सोको वैकल्पिक उत्तरमा प्रयोग गरिएका सब्दावली र वाक्यशले महिलाको समग्र पहिचाईनमा अफवाह फैलाएको र नारी जातिको आत्मा सम्मानमा गम्भीर चोट पुर्‍याएको भन्ने महिला मानव अधिकार संजालको ठहर रहेको छ ।

नेपाल सरकार वन वन तथा वातावरण मन्त्रालयमा उच्चपदमा कार्यरत राम एकवाल दासको आम महिला माथिको बुझाई र त्यसलाई पुस्तक मार्फत नेपाल भरकिा पाठक समक्ष पुर्‍याउने प्रश्न -उत्तर अत्यन्तै,आपत्तीजनक खेदजनक,भत्र्सना योग्य छ ।

महिलामाथी यस्तो निकृष्ट बुझाई भएका निज दास जस्ता व्याक्तिलाई नेपाल सरकारको पदिय जिम्मेवारी पदबाट निलब्बन गरी सार्वजनिक रुपमा माफी माग्न लगगाउनु पर्ने महिला मानव अधिकार रक्षक संजालको माग रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार