Saturday, July 27, 2024

यौन धन्दा गरेको आरोपमा ३ युवतीसहित ५ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले यौन व्यवसायमा संलग्न रहेको आरोपमा तिन जना युवती सहित ५ जना पक्राउ गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर १ भाषी जनज्योतिचोक नजिक डेरा गरी बस्दै आएका तिन जना युवतीलाई यौन व्यवसायमा संलग्न रहेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीले जानकारी दिए ।

प्रहरी नायव उपरिक्षक डाँगीका अनुसार युवतीसंगै २ जना युवक पनि पक्राउ परेका छन् । तिन जना युवतीले दुई रुम लिएर बस्दै आएको खुलेको छ ।
ति युवतीहरुको डेरामा युवाहरुको आउजाउ निकै बढेको भन्दै स्थानीयहरुको कम्पेलेनपछि प्रहरीले एक्सन लिएको हो ।

विगत केहि दिनदेखि युवतीहरुको कोठामा युवाहरुको आउने जानेक्रम बढ्नुका साथै पहिचान विनाका युवाहरु धेरै आउने गरेको कम्पेलेन स्थानीयहरुको भएकाले प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खासै उनीहरुको रुमबाट कुनै पनि संकासपद बस्तु नभेटिएको पनि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डाँगीले बताए ।

‘स्थानीयको कम्पेलेन आएपछि हामीले उनीहरुको रुपमा छापमा मारेका हौँ, हामी जादा खेरी एउटा रुमा युवा र युवतीहरु बसिरहेका थिए’, सूचना अधिकारी प्रहरी नायव उपरिक्षक डाँगीले भने ‘उनीहरुको रुमबाट कुनैपनि त्यस्तो संकास्पद बस्तु भेटिएको छैन ।’उनीहरुमाथि थप अनुसन्धार भईरहेको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक डाँगीले बताए । ‘हामी खासमा के हो त्यसको बारेमा थप अनुसन्धान भईरहेको छ’ डिएसपी डाँगीले भने ।

ताजा समाचार

सम्बन्धित समाचार