महेन्द्रनगर । कञ्चनपुको महाकाली नदिमा डुबेर वेपत्ता भएका किशोर अझै फेला पर्ने सकेका छैनन् ।सोमबार जिल्लाको भीमदत्त नगरपालिका ११ भुजेला घर भएका युवक क्रिश बिक नजिकै रहेको महाकाली नदिमा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका थिए ।

डुबेर वेपत्ता भएका १७ वर्षीय बिकको खोज तलासको लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,स्थानिय युवाहरुले खोजिकार्य जारी राखेका छन् ।पहाडका जिल्लाहरुमा लगातार भईरहेको वर्षाका कारण महाकाली नदिको जलस्तर बढ्दै गईरहेकोले बिकको खोजीकार्यमा निकै कठिनाई भईरहेको ईलाका प्रहरी कार्यालयका ईन्चार्ज देब सिहं बुढालले बताए ।खाउखाउ,लाउलाउ भन्ने उमेरमा छोरा गुमाउदाको पिडा सहन नसकेर बेपत्ता क्रिश बिककी आमाको स्वास्थय अवस्था भने गम्भीर रहेको छ।
