Saturday, July 27, 2024

कञ्चनपुरको लालझाडीमा बाघको आक्रमणबाट एक महिला घाइते

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको लालझाडीमा बाघको आक्रमणबाट बेलौरीकी एक महिला घाइते भएकी छिन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहीबार अपराह्न लालझाडी गाउँपालिका वडा नम्बर ६ ढक्कास्थित जङ्गलमा च्याउ टिप्न गएका दशरबाह्र जना महिलामध्ये बेलौरी नगरपालिका वडा नम्बर ९ डाँडाकुण्डा बस्ने २५ वर्षीया बिन्दु डगौरालाई बाघले आक्रमण गरेको स्थानीय प्रेमबहादुर चन्दले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको पाटे बाघले डगौरा माथि आक्रमण गर्दा सँगैका दौँतरीहरूले होहल्ला गरेपछि बाघ भागेको बताइएको छ ।

बाघको आक्रमणबाट डगौराको आँखा र टाउको पछाडि चोट लागेको छ । बेलौरी स्थित जगदम्बा अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि धनगढी पठाइएको छ । डगौराको अन्य स्वास्थ्य अवस्था सामान्य छ ।

ताजा समाचार

सम्बन्धित समाचार