Saturday, July 27, 2024

लालझाडीमा विद्यालयको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा हेड मास्टर सुरेन्द्र बोहोरा सहित थप तिन जनाविरुद्ध मुद्धा दायर

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको एक आधारभूत विद्यालयका तत्कालिन अध्यक्ष र प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

लालझाडी गाउँपालिका–४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालय डाङाजाईका विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बोहरा, न्यू भगवती इटा उद्योगका व्यवस्थापक रोजन्द्रबहादुर बोहरा र सोही उद्योगका सञ्चालक धनबहादुर विष्टविरुद्ध विशेष अदालतमा मुद्दा परेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यू भगवती इटा उद्योगका लागि विद्यालय हाताभित्रको जग्गाबाट गैरकानुनी तरिकाले माटो खनेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालिन अध्यक्ष राना र प्रधानाध्यापक बोहरामाथि कानुनअनुसारको सजाय माग गर्दै जनही सात लाख २९ हजार पाँच सय १४ रुपैयाँ विगो दावी गरेको छ ।इटा उद्योगका व्यवस्थापक बोहराबाट चार लाख ११ हजार छ सय छ रुपैयाँ र उद्योगका सञ्चालक विष्टबाट तीन लाख १७ हजार नौ सय आठ रुपैयाँ विगो मागदावी गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार