भीमदत्तको विपी कोइराला आधारभुत विद्यालयमा वृक्षारोपण

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा रहेको एक विद्यालयले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार भीमदत्त–१२ ओदालीमा रहेको विश्वेश्वर प्रसाद कोइराला आधारभुत विद्यालयले आफ्नो विद्यालय परिसर भित्र वृक्षारोपण गरेको हो ।

विद्यालय परिसर भित्र १४ प्रजातीका फूल र २५ बोट बिरुवा अशोकका रोपिएको विद्यालयका प्रध्यानाध्यापक बिरराम सार्कीले बताए । विद्यालयलाई हरभरा र आकर्षक बनाउनका लागि आफु निरन्तर कटिबद्ध रहेको बताए । विद्यालय परिसर भित्र केहि दिन भित्रै पुनः वृक्षारोपण गर्ने कार्यक्रम समेत रहेको प्रअ सार्कीले बताए ।

विद्यालयका भौतिक तथा शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि प्रअ सार्की अहोरात्र खटिएको बताउछन् । विद्यालयमा आधुनिक शैचालयको अभाव रहेको अवस्थामा स्थानिय देखि प्रदेश सरकारलाई समेत मागराख्दा सुनुवाई नभएको गुनासो पनि उनले गरे ।

 

ताजा समाचार

सम्बन्धित समाचार