Saturday, July 27, 2024

देह व्यावसायको आरोपमा पाच महिलार र तिन होटल सञ्चालक पक्राउ

प्रकाशित:

कैलाली । कैलालीको चिसापानीका तीन होटलबाट प्रहरीले देहव्यापार गर्ने पाँच महिलासहित होटल सञ्चालकहरुलाई पक्राउ गरेको छ । चिसापानीको न्यू वर्षा होटल, अछाम होटल र भेरी पञ्चकोशी होटलमा आज बिहान प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पक्राउ पर्नेमा न्यू वर्षा होटल सञ्चालक टोपबहादुर खड्का, अछाम होटलका सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटलका सञ्चालक भीम शाही रहेका छन् । सञ्चालकहरुले यौनकर्म गराउन महिला राखेको भन्दै प्रहरीले छापा मारेको थियो । इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले होटलमा यौनकर्मका लागि महिला राखिएको पुष्ट जानकारी पाएपछि छापा मारेर आठजनालाई पक्राउ गरिएको बताए । प्रहरीले होटलबाट पुरुष ग्राहकलाई भने पक्राउ गरेको छैन ।

पक्राउ परेका महिला होटलको कामदारका रुपमा राखिएका र छापा मार्ने बेला उनीहरु योनकर्ममा पुरुष ग्राहकसँग नभएको इन्स्पेक्टर खड्काले बताए । इन्स्पेक्टर खड्काका अनुसार सोमबार यौन व्यवसायमा संल्गन दुई नावालिकालाई लम्कीबाट पक्राउ गरिएको थियो । हाटल सञ्चालक महेशप्रसाद जैशीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाउने तयारी भइरहेको खड्काले बताए

ताजा समाचार

सम्बन्धित समाचार