Saturday, July 27, 2024

काँग्रेस प्रमुख सचेतक लेखकको पहलमा कालिका माताको मन्दिरमा गजुर राखियो

प्रकाशित:

महेन्द्रनगर । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकको पहलमा कञ्चनपुरको बेलौरीको एक मन्दिरमा गजुर राखिएको छ । बुधवार बेलौरी स्थित कालिका माताको मन्दिरमा नेता लेखकको पहलमा गजुर चढाइएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बेलौरीको ऐतिहासिक कालिका माता मन्दिरलाई सुनको गजुर हस्तान्तरण गरिएको मन्दिर निर्माण समिति संयोजक प्रकाशराज पन्तले बताए । उनले भने, ‘मन्त्री लेखकको पहलमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा माताको दरवारलाई (सुनको जलपघार) गजुर सहयोग गरिएको छ ।’

केही समय अघि बेलौरी पुगेका पूर्व प्रधानमन्त्री देउवा र मन्त्री लेखकले ऐतिहासिक मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । सोही अनुरुप बुधबार बेलौरी पुगेर मन्त्री लेखकले समितिलाई गजुर हस्तान्तरण गरेको संयोजक पन्तले बताए । यसै क्रममा मन्त्री लेखकले बेलौरी भन्सारमा लागेको ताला खोल्न समेत विभागलाई ठाँडो निर्देशन दिएका थिए ।

कञ्चनपुरका स्थानीय समेत रहेका संसदीय दलका नेता एवम् प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष ०८०÷८१ को श्रावण महिना भित्र कार्यालय सञ्चालनमा ल्याउन विभिन्न निकायमा निर्देशन दिएको समाजसेवी महेश राज जोशीले जनाए ।

यस्तै, बन्द रहेको बेलौरी भन्सार सञ्चालनमा ल्याउन मन्त्री लेखकले चालेको पहल क्षेत्रवासीका लागी आशलाग्दो रहेको बेलौरी उद्योग वाणिज्य संघले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार