Saturday, July 27, 2024

महाकाली सिचाई आयोजनाले शुक्रबारबाट परीक्षणको लागि नहरमा पानी छोड्ने

प्रकाशित:

महेन्द्रनगर । महाकाली सिचाई आयोजना तेस्रो चरणले ब्रम्हदेव देखि शुक्लाफाटा नगरपालिका फुलेली (घर कटुवा खोला)सम्मको मुल नहरमा पानी छोड्ने भएको छ । तेस्रो चरण कञ्चनपुरले शुक्रबार देखि टनकपुर ब्यारेजबाट नहरमा नहर परिक्षणको लागि एक हप्ता पानी छोड्ने भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

परिक्षणको लागि नहरमा पानी छोडिने हुदा नहर छेउछाउमा आफ्ना नानी,बाबु,पशुचौपाया,खुल्ला नछोड्न तथा अन्य मानवीय क्रियाकलाप नगर्न नगनराउन हुन समेत आयोजनाले सुचना प्रकाशित गरेको छ ।साथै प्रकाशित सुचनालाई अटेरी गरि कुनै मानविय क्षति हुन गएमा आयोजना जिम्मेवार नहुने सुचनामा उल्लेख गरिएको छ ।निर्माण सम्पन्न भएको मुल नहरमा परीक्षण गरेर पानी संचालनको तयार िभईरहेको आयोजनाका सुचना अधिकारी उमेश गुप्ताले बताए ।
२०५२–माघ २९ गते नेपाल– भारत बिच भएको महाकाली भएको थियो ।सन्धिअनुसार टनकपुर ब्यारेजेदखि नेपाली भुमी सम्म भारतले निर्माण गर्नु पर्ने एक हजार २ सय मिटर नहर निर्माणको काम सम्पन्न भएको छ ।महाकाली सन्धि भएको १० वर्ष २०६३–०६४ देखि निर्माण थालिएको नहरमा पानि संचालन हुने भएको हो । २२ वटा शाखा नहरहरू निर्माण भए ५३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु(याउन सकिने छ । यस्तै, शाखा नहर निर्माणका लागि झन्डै ८ हेक्टर जमिन अधिग्रहण हुनेछ ।

महाकाली सिंचाइ आयोजना तेस्रो चरण कार्यालयका अनुसार पहिलो भागमा कञ्चनपुरको ब्रह्मदेव क्षेत्र दुई हजार ९०० हेक्टर र चाँदनी–दोधारा क्षेत्र तीन हजार पाँच सय १० हेक्टर गरी कुल छ हजार चार सय १० हेक्टरमा पानी पु(याउने योजना छ ।दोस्रो भागमा त्रिभुवनवस्ती क्षेत्रमा १९ हजार छ सय २० हेक्टरमा र तेस्रो भागमा कैलालीको मालाखेती क्षेत्रको सात हजार चार सय ९० हेक्टरमा सिंचाइ पु(याइने योजना छ ।यो आयोजनाबाट कञ्चनपुर र कैलालीका गरी ३३ हजार ५२० हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ ।

ताजा समाचार

सम्बन्धित समाचार