Saturday, July 27, 2024

वृद्धलाई काम गर्न उमेरले छेकेन

प्रकाशित:

महेन्द्रनगर  । उमेरले ६८ वर्ष बुढेसकालले छोए पनि काम गर्ने जोस र जाँगर भने युवाअस्थाको जस्तै छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं १० शिवनगरका ६८ वर्षीय हिरा चौहानले ठेला गुडाउदै चाट,पानीपुरी बेचेर वार्षिक पाँच लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

उनलाई काम गर्न उमेरले छेकेन । बुढेसकालले छोए पनि उनको जोश र जाँगर निकै छ । उनी आफ्नो काम पेसालाई निकै मन लगाएर गर्दै आएका छन् । ठेला चलाएर व्यापार गर्नका साथ साथै कृषि क्षेत्रमा पनि उखु खेती गरेर निकै राम्रो आम्दानी हुने गरेको चौहानले बताएका छन् ।

सधैँ बिहानै उठ्ने चौहान परिवारसँग मिलेर घरको काम गर्छन् र त्यसपछि पसलका सामग्री तयार पारी ठेला गुडाउदै १ किलो मिटर पर रहेको चिनिमिल उद्योगको गेट बाहिर ठेला उभ्याएर चाट,पानीपुरी, अण्डा, बिरेट जस्ता खाने परिकारहरू पकाउँदै बेचेर साँझ पख घर फर्किन्छन्, र दैनिक आम्दानीको हिसाब किताब गर्छन् । दैनिक रु. २/३ हजार व्यापार हुने गरेको चौहानले बताएका छन् ।

विगत ५३ वर्ष देखि सानो उमेरमा नै व्यापारी क्षेत्रमा होमिएका उनले अहिले सम्म पनि व्यापारी पेसालाई भने त्यागेका छैनन् ।

चौहानले भन्छन्,”यो व्यापार पेसा मेरो बाध्यता होइन रहर हो मलाई कुनै कुराको पनि अभाव छैन । म र मेरो परिवारलाई खान लाउन नपुगेर ठेला चलाएर चाट, पानीपुरी बेचेको होइन, व्यापार मेरो पुख्र्यौली पेशा हो ।” उनले भने,”यतिका वर्ष सम्म मलाई आत्मनिर्भर बनाउने भनेकै यही व्यापार व्यवसायले नै हो । शरीरमा जोस जागर हुँदा सम्म आत्मनिर्भर भएर मिहिनेत गरेर खाने आँट लिएको छु, पेशाको माया लाग्छ, छोड्न मन लाग्दैन ।”

उनका अनुसार,”घरमा किराना पसल छ, मैले गाई, बाख्रा, भैँसी,पालेको छु । ताजा दूध, दही खान्छु त्यसैले पनि आफूले कमजोर महसुस नगरेकोे हो । घरको काममा आफूलाई श्रीमतीले पनि सघाउने गरेकी छिन् । आफ्नै काम र पेशामा रमाउँदा आफूलाई बुढेसकालले छोएको अनुभवसमेत मैले गर्न पाउँदिन ।” उहाँको यो मिहिनेत देखेर मिहेनती व्यक्तिका रुपमा गाउँ समाजका सबैले व्यक्ति प्रशंसा गर्ने गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार