Saturday, July 27, 2024

भीमदत्त नगरपालिकाकी उपप्रमुख जोशी द्धारा नगर उपप्रमुख विपन्न सहयोग कार्यक्रमको अनुगमन 

प्रकाशित:

महेन्द्रनग । भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशीले भीमदत्त नगरपालिका प्रत्येक वडा हरुमा अनुगम थालेकी छन् । भीमदत्त नगरपालिका द्धारा नगर भित्र रहेका अति विपन्न,दलित,गरिब र असहाय व्याक्तिहरुलाई लक्षीत गर्दै संचालनमा रहेको नगर उपप्रमुख कार्यक्रमको अनुगमन थालेकि हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नगर उपप्रमुख कार्यक्रम अन्तरगत भीमदत्त नगरपालिकाका वडा नम्बर वडा बाट माग बमोजिम वडाले सिफारी गरेको आधारमा भीमदत्त नगरपालिकाका ६ वटा वडामा रहेका अति विपन्न,दलित,गरिब र असहाय व्याक्तिहरुलाई घर मर्मत तथा टिनको छाना सहयोग गरिएको नगर उपप्रमुख निलम लेखक जोशीले बताएकी छन् । वडा कार्यालयले छनोट गरेको आधारमा नगरपालिकाका १,५,९,१०,१४,१५,वडाका १२ जना विपन्न,दलित,गरिब,असहाय घर परिवारलाई टिनको छाना सहयोग गरिए संगै विपन्न एक परिवारलाई स्वास्थ्य उपचार खर्च पनी सहयोग गरिएको उपप्रमुख जोशीले बताईन् ।

जोशीले स्थानीय निर्वाचनको समयमा नगरपालिकाको विभिन्न ठाउँका भोट माग्दै गर्दा विपन्न वर्गहरुको दयनिय अवस्थाको बृत चित्रलाई मध्यनजर गर्दै यो कार्यक्रम संचालनको लागि थोरै भएपनि बजेट छुट्याएको नगर उपप्रमुखको भनाई रहेको छ । अहिले बजेट थोरै भएकोले वडा बाट सिफारीसमा परेका सबैलाई सहयोग गर्ने नसकिएको जोशीले बताए।अब अर्को बर्ष नगरपालिकाबाट अलि बढि बजेट छुट्याई वाकि रहेका विपन्न,दलित,असहाय,गरिब व्याक्तिहरुलाई सक्दो सहयोग गर्ने बताएकी छन्।नगर उपप्रमुख विपन्न,दलित कार्यक्रमको छनोटका परेकी भिमत्त नगरपालिका वडा नम्बर १५ कि सरला दमाईले खरले छाएको छाना हटाई टिनको छाना पाउदा खुसी महसुस भएको बताईन् ।

वर्षा आउदा रात दिन खरको छानो धररर चुहिन्थ्यो,घर भित्र पानिको खाल हुन्थ्यो,अहिले टिन लगाउदा ढुक्क संग सुत्न पाईन्छ। विगतका दिनहरुमा भीमदत्तका रहेको सरकारले गरिबको लागि सीन्को समेत नभाचेको दमाईको भनाई थियो । भीमदत्त नगरपालिकाले आफुलाई टिनको छाना सहयोग गरेकोमा भिमदत्त नगरपालिकाकी उपप्रमुखलाई धन्यवाद समेत व्याक्त गरेकी छन् ।त्यस्तै भीमदत्त नगपालिका वडा नम्बर १४ का केशव थापाले भीमदत्त नगरपालिकाले टिनको छाना सहयोग गरेको हुदा निर्वाचित भएर आएको नयाँ सरकारले गरिब,असहाय,विपन्न,दलित वर्गको घाउँमा मलम लगाउदै आईरहेको बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार