Saturday, July 27, 2024

करोडौको सिटी हल प्रयोगविहिन, कहिले आउँछ सञ्चालनमा?

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगर स्थित पाँच वर्षअघि निमार्ण सम्पन्न भएको सभागृह (सिटीहल) प्रयोगविहिन बनेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका–४ मा तत्कालीन महेन्द्रनगर नगर विकास समितिले आठ करोडको लगानीमा निर्माण गरेकोे हो । २०७५ सालमा निमार्ण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउँन सकेको छैन ।

तीनतले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ । तर निमार्ण सम्पन्न भएको पाँच वर्ष बित्दा समेत उक्त सभाहल सञ्चालनमा भने आउन सकेको छैन ।

सभाहल सञ्चालनमा नआउँदा ठुला कार्यक्रम आयोजना गर्न समस्या हुने र चर्को भाडा तिरेर निजी हल, होटेल प्रयोजन गर्नु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन । अहिले सभागृह भीमदत्त नगरपालिका मातहत छ ।

तत्कालीन नगर विकास समिति अहिले भीमदत्त नगर विकास समिति बनेको छ । सभा हल सञ्चालनमा ल्याउने दायित्व भीमदत्त नगरपालिकाको भएपनि नगरपालिकाले सभाहल सञ्चालनमा ल्याउन सकेको छैन ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले कार्यविधि बनाएर सभागृह सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।“अहिले हामी नगरसभाको तयारीमा छौ नगरसभापछि कार्यविधि बनाएर सभागृह सञ्चलनमा ल्याउछौ ।” मेयर बोगटीले भने । नगरपालिका स्रोतका अनुसार हालसम्म नगर विकास समितिको बैठक नै नियमित बस्न सकेको छैन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले यहाँको नेताहरुमा ईत्छाशक्ति नभएको बताए । “नेतृत्वको कमजोरी र राजनितिक खिचातानीले सिटिहल सञ्चालन हुन सकेन ।” उनले भने–“प्रदेश सरकार नजिकै छ यहाँ हुने थुप्रै सभा सम्ममेलनहरु साघुरो ठाउँमा गर्नुपर्ने बाध्यता छ ।” उनले नेतृत्वको ईच्छाशक्तिकै कारण काम हुन नसकेको बताए ।

२०६५ सालमा श्याम सुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी रु ६ करोड ८१ लाखमा सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

सम्झौता हुँदाको इस्टमेट र डिजाइन परिवर्तन भएपछि ठेक्का रकम रु. एक करोड ७० लाख बढाएर रु. ८ करोड ५१ लाखमा सभागहृ निमार्ण सम्पन्न भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार