महेन्द्रनगर । महेन्द्रनगर बजार छेउमै भीमदत्त बाटिका अर्थात स्थानीय पार्क छ । भीमदत्त–१८ मा रहेको उक्त पार्क/उद्यानको संरक्षण मर्मत सम्भार तथा व्यवस्थापनका लागि संरक्षण उपभोक्ता समिति गठन गर्नका लागि वडा कार्यालयले गत ३० जेठमा सूचना जारी ग-यो । वडा कार्यालयले जारी गरेको सूचना अनुरुप ३२ जेठमा सोहि पार्कमै स्थानीयहरुको भेला भयो ।

उक्त पार्कको संरक्षण तथा उपभोक्ता समितिको अध्यक्षका लागि मञ्जु शाही, पुरुषोत्तम अर्याल, प्रशान्त भट्ट र प्रदिप भट्ट ईच्छुक एवं दाबेदार भेट्टिए । उक्त भेलामा अध्यक्षको दाबेदार चारै जनाले आफ्नो योजना सहित पार्कलाई व्यवस्थित बनाउने तर्कहरु प्रस्तुत गरे । दाबेदारहरु बिच सहमतिको प्रयास भए पनि सफल हुन सकेन् ।

उक्त भेलामा पुरुषहरुमा सहमति हुँने अवस्था नआएपछि, महिला अध्यक्षका उम्मेदवार प्रति मास/भेलाको सकारात्मता बढ्दै गयो । अन्ततः झण्डै ५० सहभागि उक्त भेलामा मञ्जु शाही अध्यक्ष हुनुपर्ने भन्दै एकजोड्ले तालीको गढगडाहट भयो । पार्क नजिक घर, समय दिन सक्ने, समाजसेवी महिला भएकै कारण देखाउदै उक्त भेलाले शाहीको पक्षमा ताली पिट्यो । शाहीको समर्थनमा दुई जना अध्यक्षका उम्मेदवार समेत सहमत भए ।

तर वडाध्यक्ष रविन्द्र देवकोटा लगायतको ए्रक समुह भने त्यो तालीले झस्कियो । ताली पिट्दैमा अध्यक्ष नहुँने दाबि सहित वडाध्यक्ष देवकोटाले वडाबाट नै अध्यक्षको टुंगो लगाउने तर्क राखे । त्यपछि त्यहा जम्मा भएको भेलाले वडाध्यक्ष देवकोटालाई सूचना जारी गर्दै भेला बोलाइएको बिषयमा प्रश्न तेस्र्याउन लागे । विवाद पछि भेला तितिरवितिर हुँदै सकियो ।
वडाध्यक्ष देवकोटाको कदमः
वडाध्यक्ष देवकोटाले ०३ असार मा भीदत्त बाटिकाको संरक्षण संवद्धन र विकास गर्ने उद्देश्यले प्रशान्त भट्टको अध्यक्षतामा ११ सदस्यीय संरक्षण समिति गठन गरिएको सूचना जारी गरे ।
गंगादत्त भट्ट, नन्दराम जोशी, गोबिन्द बिष्ट, बबिता सिनाल, राज कुमारी चौधरी, ईश्वर जोशी, प्रकाश भट्ट, प्रेम सिंह सामन्त, रञ्जना थापा र प्रभुनिधि पन्तलाई उक्त पार्क संरक्षण समितिको सदस्य रहेको भन्दै वडाध्यक्ष देवकोटाले भीमदत्त नगरपालिकालाई जनाकारी गराए ।
यद्यपी उक्त समितिमा राखिएका केहि सदस्यहरुलाई खबर नै नगरि हस्तारक्षरको दुरुपयोग गरि आफुहरुलाई समावेश गरिएको जनाउदै आएका छन् ।
वडाध्यक्षले चयन गरेकै सदस्यले दिए राजिनामाः
३० जेठको सूचना अनुसार गरिएको भेलाको अवहेलना गरि, बहुमतको कदर नगरी, कोठे बैठकबाट एकल निर्णय गरि आफुहरुलाई सदस्यमा चयन गरेको भन्दै ३ जनाले संयुक्त राजिनामा पेश गरेका छन् ।
०५ असारमा वडाध्यक्ष देवकोटालाई सम्बोधन गर्दै राज कुमारी चौधरी, बबिता सिनाल र नन्दराज जोशीले संयुक्त राजिनामा बुझाएका छन् । उनिहरुले सार्वजनिक रुपमा ३० जेठको सूचना अनुसार ३२ जेठमा पार्कमा भेलाले गरेको बहुमतलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् । वडाध्यक्ष देवकोटाको कोठे निर्यण स्विकार्य नहुँने भन्दै राजिनामा बुझाएको बताए ।
समिति बदन गरि नयाँ गठन गर्न निवेदनः
भीमदत्त–१८ मा रहेको भीम बाटिका (पार्क) संग प्रत्यक्ष सरोकार राख्ने अर्थात पार्कको पुर्व, पश्चिम, उत्तर र दक्षिण तर्फका पाँचै टोल विकास संस्थाहरुले हस्ताक्षरको दुरुपयोग गरि पार्क संरक्षण समिति गठन गरिएको हुँदा, बदर गरि नयाँ समिति गठन गरिदिन हुँनका लागि भीमदत्त नगरपालिकाका नगर प्रमुखलाई निवेदन दिएका छन् ।
पार्कमा हुँदै आएका विभिन्न अराजक गतिविधी तथा सामाजिक वातावरण प्रर्दुषित हुँदै आएको र अनौठा एवं आपत्ती जनक क्रियाकलापहरु समेत आफुहरुले प्रत्यक्ष रुपमा भोग्दै आएको हुँदा पाँचै टोल विकास संस्था र भेलाको अवमूल्यन गर्ने गरि गठन गरिएको पार्क संरक्षण तथा संवद्धन समितिलाई बदर गरि नयाँ गठन गर्नका लागि स्थानीयहरुको हस्तारक्षर सहितको निवेदन नगर प्रमुख पदम बोगटीलाई बुझाईएको छ ।
उक्त निवेदनमा भनिएको छ, ‘३० जेठमा जारी भएको ३ दिने सूचना अनुसार भेला बोलाइएकोमा चार जना अध्यक्षका प्रत्यासीहरु संग कुनै छलफल नै नगरि, उपस्थित जनसमुदायको अपहेलना गरी, बहुमतको कदर नगरि, एकल निणर्य गरि, हस्ताक्षरको दुरुपयोग गरी, कोठे बैठकबाट गठन भएको समिति बदर गरी, नगरपालिकाको पहलमा पार्कको वरिपरि रहेका टोलहरु संग समन्वय गरि पार्क संरक्षण समिति गठन गरिदिनहुन अनुरोध गरिन्छ ।’ भनेर पार्क वरिवारिका पाँचै टोल विकास संस्थाका सदस्यहरुले निवेदन पेश गरेका छन् ।