धनगढीबाट एक जना युवक/युवती खैरो हिरोइन सहित पक्राउ

प्रकाशित:

महेन्द्रनगर । लागु औषध सहित कैलालीबाट दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको प्रदेश कार्यालय लागु औषध नियन्त्रण ईकाई शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले सोमबार कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार नजिकबाट दुई जनालाई एक ग्राम ६२० मिलिग्राम लागु औषध जस्तो देखिने खैरो हिरोइन सहित पक्राउ गरेको उक्त लागुऔषध नियन्त्रण टोलीका सदस्य पदम सिंह बिष्टले बताए ।

सिभिलमा रहेको प्रहरीको संयुक्त टोली शंका लागेर चेकजाँच गर्दा सु.प.प्र. ००१००८ प ४६५ नम्बरको मोटरसाईकलमा सवार अछाम साफेबगर–२ बस्ने २४ वर्षिय मुकेश कुवँर र धनगढी–२ सन्तोषी टोल बस्ने २४ वर्षिय आयुषा कुवँरलाई १ ग्राम ६२० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको हो ।

पछिल्लो समय नेपाल प्रहरीले लागुऔषध नियन्त्रणमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ । लागु औषध न्यूनिकरणका लागि सुदूरपश्चिम प्रदेशको टोली लगातार सफलता हात पार्दै आएको छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार