Saturday, July 27, 2024

महाकाली प्रादेशिक अस्पतालमा युवा संगठन कञ्चनपुरद्वारा सरसफाई

प्रकाशित:

महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, जिल्ला समिति कञ्चनपुरको आयोजनामा अस्पतालमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालको परिसरमा शुक्रबार युवा संगठनको टिमले सरसफाई गरेको हो ।

युवाहरू अहिलेको स्थितिमा विभिन्न कुलतमा फसिरहेका बेला हाम्रो संगठनले सम्पूर्ण युवा विद्यार्थीहरुलाई सामाजिक कार्य संग जोडिनु पर्छ बन्ने सकारात्मक संदेश सहित अस्पतालमा सरसफाई गरेको युवा संगठन कञ्चनपुरका अध्यक्ष भरत सी ले बताए ।

उनले भने , “ अस्पताल परिसरमा रक्सीका बोतल, गुट्खाका खोस्टाहरु, र अन्य फोहोरहरु भेटिनु अत्यन्तै गम्भीर विषय छ आगमी दिनमा यस्ता कार्य विरुद्ध संगठनले निरन्तर खबरदारी गर्छ ।

” देशको सार्वजनिक तथा प्राकृतिक सम्पतिको संरक्षण र सम्बर्द्धन गर्ने पर्ने दायित्व सबैको रहेको उनी बताउँछन् । आफ्नो संगठनले समाजमा देखिएका विकृति , विसंगति , भ्रष्टाचार जस्ता गैरन्यायिक क्रियाकलाप विरुद्ध युवा संगठन निर्मम ढंगले संघर्ष गर्छ , अध्यक्ष भरतले भने ।

आफ्नो संगठन लागू औषध दुव्र्यसन नियंत्रण गर्न पनि अभियान सञ्चालन गर्ने उनको भनाइ छ । अस्पतालमा सरसफाई कार्यक्रममा सहभागी नेकपा केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी ले राज्यको ठूलो लगानी रहेको महाकाली अस्पतालमा व्यवस्थापकीय पाटो लथालिङ्ग भएको बताएका छन ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा देखिएको फोहोर वातावरणले जनताको स्वास्थ्य प्रतिको खेलवाड भएको उनको भनाइ छ । अस्पतालमा थुप्रै कर्मचारी हुदाँ पनि तिनको सही परिचालन नहुने कुराले समस्या पैदा भएको देखिन्छ , नेकपा नेता विराटले भने ।

राज्यका सबै निकायलाई जनताको सहज र सुलभ सेवा प्रदान गर्न युवाको ठूलो भूमिका रहेको पनि उनको जिकिर छ । राजनीतिक पहुँचका भरमा नियुक्त भएका सरसफाइका कर्मचारीहरूले काम नगर्ने गरेको अस्पतालका एक कर्मचारीले बताए ।

सरसफाई कार्यक्रममा युवा संगठन कञ्चनपुरका नेताहरु तथा जिल्ला पार्टीका नेताहरुको सहभागिता रहेको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार