Saturday, July 27, 2024

कंचनपुरको शुक्लाफाँटामा जनप्रतिनिधी नै परपुरुषसंग भागेपछि…

प्रकाशित:

महेन्द्रनगर । कंचनपुरको शुक्लाफाँटा नगरपालिका ९ बाट वडा सदस्यमा निर्वाचित घुम्नीदेवी डगौरा परपुरुषसंग भागेपछि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । नेकपा एमालेबाट वडा सदस्यमा टिकट पाएर निर्वाचित भएकी डङ्गौरालाई प्रहरीले परपुरुष संग भागेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको स्रोत बताउछ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनलाई ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ । एक् साता अघि हराएकी जनप्रतिनिधी बाकेका एक युवकसंग भागेको प्रहरी स्रोतले जनाएको छ ।

‘बाँके प्रहरीसंगको समन्वयमा उनलाई भगाउने व्यक्तिले एक थप व्यक्ति पठाएर यहाँ पठाएको छ, ‘ति प्रहरी अधिकारीले भने, ‘भगाउने अर्को व्यक्ति हुन, पुगाउन अर्को व्यक्ति आए, अब दुवै पक्षलाई राखेर मंगलबार छलफल गर्ने विषय भएको छ ।’

कञ्चनपुरका प्रहरी निरीक्षक हर्ष बहादृुर चन्दले केही दिन पहिले घरबाट हराएकी वडा सदस्य घुम्नीदेवी डगौराको घर परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएको बताए ।

प्रहरीमा निवेदन दिएपछि हराएकी डगौरा फेला परेपछि घर परिवार र उनकै श्रीमानलाई बोलाएर बुझाउन खोज्दा बुझन नमानेको बताए ।

‘घुम्नीदेवी डगौराका श्रीमानले श्रीमती बुझ्न मानेन, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘अहिले हामीले सेफहाउसमा राखेका छौँ ।’ उनका श्रीमानले परपुरुषसंग भागेपछि नबुझ्ने भन्दै अडान लिएको शुक्लाफाँटा नगरका जनप्रतिनिधीले बताएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार