Saturday, July 27, 2024

कारसँग स्कुटर ठोक्किँदा खटिमामा एकै परिवारका चार नेपालीको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । नजिकैको भारतीय बजार बनबासा र चकरपुरको बीचमा रहेको जंगलमासडक दुर्घटना हुँदा नेपाली मूलको एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चकरपुरको मुडेलास्थित गोयल कलोनीमा बसोबास गर्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नि ५५ वर्षिया सरस्वति चन्द तथा बुहारीहरु ४२ वर्षिया नर्मदा चन्द र ४२ वर्षिया कल्पना चन्दको दुर्घटनामा मृत्यु भएको हिन्दी अखबार अमर उजाला दैनिकले समाचार प्रकाशित गरेको छ ।

कल्पनाको माइती भीमदत्त नगरपालिका–४ गोबरैया भएको खुलेको छ । चन्द परिवार नेपाली मूलको भएको महेन्द्रनगरमा रहेका पारिवारिक मित्रहरुले बताएका छन् ।

शनिबार दुईवटा स्कुटीमा आफन्त भेटघाट गर्न महेन्द्रनगर आएका चारैजना दिउँसो चकरपुर फर्कंदै गरेको बेला दुर्घटना भएको सो अखबारमा उल्लेख ।

राष्ट्रिय राजमार्गको चकरपुर–बनबसा खण्डको जुरिया नालामा एउटा कारले दुबै स्कुटीलाई ठक्कर दिंदा दुर्घटना भएको बताइएको छ । प्रहरीलाई उधृत गर्दै अमर उजालाले कारको चालक फरार भएको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार