शहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय नै बन्नुपर्ने अनेरास्ववियूको माग :बजेटमा समावेश गर्न ध्यानाकर्षण

प्रकाशित:

बिरेन्द्र बाग: महेन्द्रनगर । सुदुरपश्चिम प्रदेशको कैलाली गेटामा शहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय संचालनको माग गर्दै अनेरास्ववियू सुदूरपश्चिम प्रदेशले विज्ञप्ति निकालेको छ ।

उक्त विज्ञप्तिमा कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णयलाई बजेटमा समावेश गर्न माग गरिएको हो ।

२०७९ माघ २९ गते नेपाल सरकार मन्त्रीपरिषदले गरेको निर्णय नयाँ वर्षको बजेटमा समावेश नभएकोप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।

७१ विघा जग्गामा ५१ वटा सुविधा सम्पन्न भवनहरु निर्माण भइसकेको अवस्थामा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भई शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कार्यान्वयन गर्ने प्रक्रियालाई अवरुद्ध हुने गरी आर्थिक वर्षको बजेट आएकोप्रति आपत्ति जनाउँदै हाम्रो संगठन तत्काल नीति तथा कार्यक्रममा समावेश भइसकेको नेपालकै पहिलो मेडिकल विश्वविद्यालय स्थापना गर्ने निर्णय बजेटमा समावेश गरी कार्यान्वयन गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

तत्काल आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने र जस्तोसुकै मूल्य चुकाउन पनि बाध्य हुने जनाउँदै सो बाट हुने क्षतिको सरकारले जिम्मेवारी लिनुपर्ने चेतावनी समेत उक्त विज्ञप्तिले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार