महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका द्धारा अति विपन्न परिवारलाई खाद्यान्न र अन्य सामाग्रीहरु सहयोग गरिएको छ। भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखको पहलमा भीमदत्त नगरपालिका वडा नम्बर १६ बस्ने ७२ वर्षीय कौशील्या देवि चन्दको परिवारलाई बुधबार नगरपालिका द्धारा खाद्यान्न र अन्य सामाग्री सहयोग गरिएको हो ।

चन्द परिवारको आर्थीक अवस्था कमजोर हुनुका साथै ७२ वर्षीय कौशील्या देविको स्वास्थ्य अवस्था पनि गम्भीर रहेकोले चन्द परिवारलाई औषधी लगाएत खाद्यान्न,फलफुल, र अन्य सामाग्री सहयोग गरिएको उपप्रमुख लेखकले बताएकी छन्। उपप्रमुख लेखकले बिरामी ७२ वर्षीय कौशील्या देवि चन्दलाई भेटेर चनदको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेकिछन् ।
