२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

पुनर्वासमा दादुरा(रुबेला रोग पुर्ण रुपमा निवारण गर्न ६ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकालाई नछुटाई खोप लगाउने

प्रकाशित:

Advertisements
Advertisements

कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि जेठ २५ गतेदेखि दादुरा–रुबेला विरुद्धको खोप दिइने भएको छ । नगरपालिकामा दादुरा–रुबेला न्यूनीकरणका लागि यही जेठ २५ गतेदेखि ११ वटै वडामा खोप दिइन लागेको मङ्गलवार नगरपालिकाको सभा हलमा एक अभिमुखीकरण कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।

युनिसेफ र डब्लुएचओको साझेदारीमा नगरपालिकाको स्वास्थ्य शाखाले ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई जेठ ३१ गतेसम्म सो खोप दिइन लागेको हो । दक्षिणपुर्वि एसियामा सन् २०२६ सम्म दादुरा न्यूनीकरण गर्ने लक्ष्य रहेकाले सो का लागि अभियान नै सञ्चालन गरेर कार्यक्रमहरू सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ।
नियमित खोप अभियान सञ्चालन हुँदा पनि सन् २०२३ सम्म न्यूनीकरण गरिसक्ने लक्ष्य राखिएको दादुरा रोग अझै देखा परिरहेको छ। रोग अझै पनि देखा परिरहेकाले सन २०२६ सम्ममा न्यूनीकरण गरिसक्ने गरी अभियान सञ्चालन गरिएको हो ।

नगरपालिकाले २० हजार ७ सय २२ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । अहिले जिल्लामा ३३ जनामा दादुरा रोग फेला परे पनि नगरपालिकामा भने दादुराका केश नरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङले विद्यालयमा खोप लगाउँदा शिक्षकको सहयोग आवश्यक हुने बताउँदै यो अभियानमा सबैलाई सघाउन आग्रह गरे।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार