Friday, March 29, 2024

कञ्चनपुरमा विद्युत सट हुदा एक घर जलेर नष्टं

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं १८ को मदन आश्रित टोल सुकुम्बासी बस्तीमा एकघर जलेर नष्ट भएको छ ।

मंगलबार ९आज दिउँसो करिव ११ बजे कलावती सिंहको घरमा बिजुली तार सट भएर एक घर पूरणरुपमा जलेर नष्ट भएको हो ।उक्त घरमा आगलागी हुँदा घरभित्रका सम्पूर्ण खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, नगद रु ८ र१० हजारसमेत जलेर नष्ट भएको कलावती सिंहले जानकारी दिएको छ । आगालागीबाट धन क्षति भएपनि मानविय क्षति भने भएको छैन ।

उक्त पालिका वाड नं १८ को वडा कार्यालयमा सार्वजनिक सुनाई कार्यक्रम भइरहेको बेला नजिकको बस्तीमा आगलागी भएको खबर पाएपछि जनप्रतिनिधी, पत्रकार,स्थानीय बासिन्दाहरूलगायत नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो । र आगो निभाउन सफल भएका थिए ।

उक्त पालिका वाड नं १८ को वडा अध्यक्ष रवीन्द्र प्रसाद देवकोटा स्वयम् आगो निभाउन घटना स्थलमा गई अग्निपिडित परिवारलाई तत्काल राहत को लागि वडा कार्यालयको विपत व्यवस्थापन समितिको कोषबाट छुट्याएर नगद रु १५ हजार दिएर सहयोग गर्ने प्रतवद्धता जाहेर गरेका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार