Friday, April 19, 2024

लक्ष्मीमावि बागफाँटाद्वारा संरक्षण शिक्षा कार्यक्रम

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटाले संरक्षण शिक्षा कार्यक्रम संचालन गरेको छ ।भीमदत्त नगरपालिका १९ बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयले सोमबार विश्व वातावरण दिवसकै दिन संरक्षण शिक्षा कार्यक्रम संचालन गरेको हो ।

लक्ष्मी माध्यामिक विद्यालयका प्राद्यानाध्यापक प्रमानन्द नाथले विश्व वातावरण दिवसको अवसरमा विद्यालयमा संरक्षण शिक्षा सम्बन्धी अभिमुखिरकण कार्यक्रम संचालन गरिएको बताए । प्रअ नाथले राष्ट्रिय प्राकृति संरक्षण कोषसंगको सहकार्यमा बृक्षारोपण सहित संरक्षण शिक्षा कार्यक्रम गरिएको बताए ।

प्रअ नाथले पछिल्ला दिनमा जलवायु परिर्वतनका कारण वातावरणमा परेको असर बारे, प्लाष्टिकजन्य बस्तु निर्मुलीकरण गर्दै संरक्षण गर्ने उदेश्यले विद्यार्थीलाई सचेतना गराईएको बताए ।

कार्यक्रममा प्रअ नाथले हरित विद्यालय बनाउनका लागि कार्यक्रम कार्यान्वयन निर्देशिका बारे जानकारी गर्दै वातावरण सन्तुलनका लागि विद्यार्थी, शिक्षकको महत्वपूर्ण भूमिका हुने बताए ।

लक्ष्मी माध्यामिक विद्यालयका सहायक प्रअ प्रेमप्रकास जोशीले ईको क्लबबारे कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय प्राकृति संरक्षण कोषका प्रमुख लक्ष्मीदत्त जोशीले संरक्षर्ण शिक्षा सम्बनन्धी बृतचित्र प्रस्तुत गर्दै संरक्षणका कार्यमा विद्यार्थी शिक्षकको भूमिमा हुनुपर्नेमा जोडदिए ।

कार्यक्रममा निङलाशैनी, बैजनाथ मावि, भुकुटी मावि, सरस्वती मावि उल्टाखाम, महेन्द्रनगर नमुना मावि, सरस्वती मावि परखेडी, लक्ष्मी मावि खैरभट्टी, पञ्चकृत बैजनाथ मावि ईको क्लका विद्यार्थी, ईको क्लबका संयोजक शिक्षक सहितको सहभागि भएका थिए ।

लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीको अध्यक्षता भएको कार्यक्रममा शिक्षक तथा विद्यार्थीले आगामी दिनमा समेत संरक्षणका कार्यक्रम संचालनमा जोडदिएका छन

ताजा समाचार

सम्बन्धित समाचार