Saturday, July 27, 2024

कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

प्रकाशित:

महेन्द्रनगर । कार्यकर्ता पक्राउ गरेको बिरोधमा राष्ट्रिय प्रजातान्त्रिक पार्टीले महेन्द्रनगरमा चक्काजाम गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

राप्रपा कञ्चनपुरले सोमबार दिउँसो १ बजेदेखि पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बसपार्कदेखि भाँसीसम्म राजमार्गमा अवरोध गर्दै महेन्द्रनगरमा चक्काजाम गरेको हो ।

कञ्चनपुर प्रहरीले आइतबार साँझ राप्रपा कार्यकर्ता जयकिशन बोहरा(ज्याकी)लाई बिना कारण पक्राउ गरेको बिरोधमा बाध्य भएर सडकमा आएको राप्रपा नेताहरुले बताएका छन ।

१५ जेठ गणतन्त्र दिवसकै दिन राप्रपा कञ्चनपुरले महेन्द्रनगरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को फोटोमा जुत्ता प्रहार गरेका थिए । सोही प्रकरणमा प्रहरीले १८ जेठमा जयकिशन बोहरा(ज्याकी) र किशन बोहरालाई छाडेको थियो ।

फेरी कागज गराएर छाडेका व्यक्तिलाई धरकपड गर्दै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको भन्दै राप्रपाले आईतबार नै आन्दोलन घोषणा गरेको थियो ।
राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले पक्राउ गरेका कार्यकर्ता जयकिशन बोहरा(ज्याकी)लाई प्रहरीले नछाडेपछि बाध्य भएर सडकमा उत्रिएको बताए ।

‘हामीले हिजैदेखि आज सोमबार दिउँसो १२बजेसम्म रिहा गर्न प्रहरीलाई अल्टिमेटम दिएका थियौँ, ‘अध्यक्ष चन्दले भने, ‘तर प्रहरीले छाड्ने, प्रहरीले राप्रपाप्रति किन ? प्रतिशोध साँधिरहेको छ ।’ गणतन्त्रमा बिरोध गर्न पाउनेदेखि वाक स्वतन्त्र हुनुपर्ने भएपनि सरकार र राष्ट्रपतिको बिरोध गर्दैमा पक्राउ गरिहाल्नुपर्ने कारण नै नरहेको अवस्थामा पार्टीले संघर्षको कदम चाल्नुपर्ने बाध्यता आएको बताए ।

अध्यक्ष चन्दले आम उद्योगी व्यवसायीलाई यो कारण सबै प्रहरीले निम्त्याएकोले त्यसको त्यसको जिम्मेबारी प्रहरी सरकारले लिनुपर्ने बताए । राप्रपा नेता कार्यकर्ताहरुले बोहराको रिहाईको माग अघि सार्दै नाराबाजी गर्दै सडक जाम गरेका छन ।

राप्रपाको चक्का जामका कारण महेन्द्रनगरदेखि लामो तथा छोटो दुरीका सवारी साधन संचालन हुन सकेका छैनन । भने यात्रु मारमा परेका छन । राप्रपाका केन्द्रीय सह प्रवक्ता पुर्ण बहादुर चन्दले प्रहरीले नै सृजना गरेको समस्याले पार्टी बाध्य भएर सडकमा उत्रिनु परेको बताए । ‘गणतन्त्रमा सत्ताको बिरोध गर्न पाउनुपर्छ, ‘उनले भने, ‘हामीले प्रधानमन्त्री र राष्ट्रपतिको फोटोमा जुत्ता प्रहार गरेर बिरोध जनाए, तर त्यही स्थानमा एमाले युवा विद्यार्थी विद्यार्थीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन ग¥यो, उनीहरुलाई त केही गरेन् ।’

कञ्चनपुर प्रहरी नेतृत्वको विभेदले पार्टी सडकमा आएको बताए । सोमबारसम्म पनि बोहरालाई रिहा नगरे मंगलबारदेखि थप कञ्चनपुरमा शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।

एक पटक सोही प्रकरणमा पक्राउ गरेका व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य प्रतिशोधपुर्ण भएको स्थानीयको ठहर छ । विश्व वातावरण दिवसकै दिन राप्रपाले कार्यकर्ताकर्ता पक्राउ गरेको बिरोधमा ठाँउ ठाँउमा टायर बालेर प्रहरीको बिरोधमा उत्रिएका छन ।

कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले बोहरालाई केही विषयमा सोधपुछका लागि ल्याईएको बताए । बोहराको विषयमा अनुसन्धान भईरहेको प्रवक्ता डाँगीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार