Friday, March 29, 2024

५१औं विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरका विभिन्न ठाउँहरूमा वृक्षारोपण

प्रकाशित:

महेन्द्रनगर । प्रतिकुल मौसम र संरक्षण गर्ने चुनौतीका बीच ५१औं विश्व वातावरण दिवसको अवसरमा दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका विभिन्न वडाहरूमा वृक्षरोपण गरिएको छ ।

कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र भीमदत्तको खल्ला मुसेट्टीमा महाकाली करिडोर निर्माणको क्रममा धेरै रूखहरु कटान हुने भएपछि वातावरण संरक्षण कञ्चनपुर क्षेत्र न.३ का पूर्व सांसद डा. दिपक प्रकाश भट्टको पहलमा वृक्षरोपणको शुरूवात गरिएको हो ।

दुबै नगरपालिका विभिन्न खाली ठाउँका साथै सशस्त्र प्रहरी बलको द्यइएहरुमा, विध्यालयहरु र सामुदायिक वनहरुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

सुख्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनीमा ३००० रूख र महाकाली करिडोरको निर्माणका लागि भीमदत्तको वडा नं ९ मा १९५१ रूख कटान गर्नुपर्ने वातावरणीय प्रभाब मूल्याकंन प्रतिवेदनमा उल्लेख्य गरिएको छ ।

वातावरण संरक्षण ऐन,२०७६ र वातावरण संरक्षण नियमावली,२०७७ को प्रावधान अनुसार एक रूख काट्दा २५ रूख रोप्नु पर्दछ । विकासका विभिन्न योजनाहरूमा यो प्रावधान पुरा गरेको देखिदैन ।

वातावरण संरक्षण, सन्तुलन र संवर्धनका लागि हातेमालो गर्दै अगाडी बढ्न समेत डा. भट्टले सबैलाइ आग्रह गरेका छन ।

कञ्चनपुरमा मात्रै यी दुई योजनका लागि १२३,७७५ रूख रोप्नु पर्दछ । महाकाली करिडोरको थप डडेलधुरामा २६१,८७५, बैतडीमा ११४,९०० र दार्चुलामा ५१,०५० रुख रोप्नु पर्ने हुन्छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार