Friday, April 19, 2024

कञ्चनपुरमा राप्रपा आन्दोलितः बजार र यातायात बन्द गर्ने घोषणा

प्रकाशित:

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टि कञ्चनपुरले आज (सोमबार) बाट शसक्त आन्दोलन गर्ने बताएको छ । राप्रपा कञ्चनपुरका जिल्ला कार्य समिति सदस्य तथा अपाङ्ग संघका प्रदेश संयोजक जयकिशन बोहरा(ज्याक)लाई कञ्चनपुर प्रहरीले अनावश्यक रुपमा नियन्त्रणमा लिएको बिरोधमा आन्दोलन गरिने राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन् ।

‘बोहरालाई आज १२ बजे सम्म नछोडेमा राप्रपा कञ्चनपुर क्रमिक आन्दोलनमा जान्छ, भोलि २२ गते पहिले यातायत र पछि बजार समेत बन्द गर्न हामी बाध्य हुन्छौ ।’ अध्यक्ष चन्दले भने, ‘गणतन्त्रमा वाक स्वतन्त्रता हनन् भएको हामीले महशुस गरेका छौ, गणतन्त्र दिवसको दिन विभिन्न बाहानामा समातेको बोहरालाई प्रमुख जिल्ला अधिकारी सहितको टोलि बसेर सहमतिमा कागज गरि थुनामुक्त गरियो तर हिजो पुनः पक्राउ गरेर लगेको छ, यस कार्यको राप्रपा कञ्चनपुर घोर आपत्ति प्रकट गर्दछ ।’ बोहरालाई राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा अपमानित कार्य गरेको आरोपमा पक्राउ गरिएको थियो ।

सोहि दिन र त्यसपछि पनि अन्य राजनितिक दलका भातृ संगठनले समेत आन्दोलन गरेर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन लगायतका कार्य गरेपनि प्रहरीले उनिहरुलाई कुनै कारबाही गरेको छैन ।

‘सहमतिमा छोडेको मान्छेलाई पुनः समातेको छ, त्यस्तै प्रकृतिका घटनामा अन्य पार्टीका मान्छेलाई कुनै कारबाही भएको छैन, यसको बिरोधमा राप्रपाले आन्दोलन गर्ने निर्णय लिएको छ ।’ राप्रकाका केन्द्रीय सह–प्रवक्ता पुर्ण बहादुर चन्दले भने, ‘कञ्चनपुर प्रहरीले यस्ता कार्य बन्द नगरे राप्रपा देशभरी आन्दोलनमा उत्रिन्छ, माथिको प्रेसर भन्दै अनावश्यक रुपमा मान्छे थुन्न पाईदैन ।’ यसबारे बुझ्न खेज्दा कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब निरीक्षक प्रकश डाँगीको मोबाईल उठेन । यसबारे राप्रपा कञ्चनपुरले प्रेस विज्ञप्ति पनि जारी गरेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार