Thursday, April 25, 2024

रमेश लेखकका ‘पिए’ को भिडियो भन्दै अनुहार संग अश्लिल ‘क्लिप’ जोडेर भाइरल !

प्रकाशित:

महेन्द्रनगर । पछिल्लो समय समाजका प्रतिष्ठित व्यक्तिहरुलाई ह्वाट्सएपमा भिडियो कल गरेर ट्र्यापमा पार्ने र लाखौं पैसाको बार्गेनिङ गर्ने, पैसा नपाएपछि अनुहार संग मेलखाने गरी अश्लिल भिडियो क्लिप जोडेर सामाजिक सञ्जालहरुमा भाइरल गर्ने एक भारतिय गिरोहको फन्दामा उद्योगी, व्यवसायी, देखी विभिन्न राजनीतिक दलका नेता तथा समाजसेवी पर्दै आएका छन् ।

पछिल्लो समय नेपाली काँग्रेस बैतडीका नेता तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य जनक भट्टलाई पनि उक्त गिरोहले अनुहार संग मेलखाने गरी अश्लिल भिडियो क्लिप जोडेर सामाजिक सञ्जालहरुमा भाइरल गरेको छ ।

नेता भट्ट नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका स्वकीय सचिव समेत हुन् । आफुलाई बदनाम र चरित्र हत्या गर्ने उद्धेश्यले उक्त भिडियो बनाई सामाजिक सञ्जालमा राखिएको प्रति नेता भट्टले आपत्ति प्रकट गरेका छन् ।

सो भिडिओ अहिले सामाजिक संजाल फेसबुक र ह्वाट्सएपका ग्रुपहरुमा भाइरल बनिरहेको छ । सो भिडिओमा भट्टले आपत्तिजनक क्रियाकलापहरु गरिरहेको र युवतीले पनि सोही क्रियाकलाप गरिरहेको देखिन्छ तर त्यो भिडियोको फारेन्सिक जाँच नगरी उनिमाथी लगाईएको आरोपको पुष्टी हुने देखिदैन । २ मिनेट २५ सेकेन्डको उक्त भिडिओ भारतीय हनिट्र्याप समूहको चंगुलमा फसेर बनेको देखिएको छ ।

सो भिडिओबारे भट्टले भिडिओ आफ्नै भएको तर यसमा भिडियो जोडेर अतिरञ्जीत पारिएको बताएका छन् । उनले भने, ‘२/३ वर्ष पुरानो कुरा हो त्यसमा जोडेर थप बनाएको रहेछ ।’ उनको दाबी छ ।

उनले पुरानोभिडिओ अहिले भाइरल भइरहेको पनि बताए । उनले भने, ‘एकदिन एउटा इण्डियन नम्बरबाट मलाई ह्वाट्सएपमा फोन आएको थियो, मैले त्यो कल स्वीकार गरे, त्यसपछि आपत्तिजनक दृश्य देखेपछि मैलें फोन काटिदिए तर पछि विभिन्न इडिट गरेर मेरो भिडिओ बनाएर तपाई ५० हजार दिनुस् नत्र भाइरल गर्दिन्छु भनेर धम्की आयो तर रकम नदिएपछि अहिले त्यो भिडिओ भाइरल गरिदैछ ।’

पछिल्लो समय नेपालका उच्च पदस्थ कर्मचारी तथा व्यापारीहरु समेत हनिट्र्यापमा पर्दै आएका छन् । यस बिषयमा भट्टले एक बिज्ञप्ति समेत जारी गरेका छन् ।
बिज्ञप्तिको पुर्णपाठ:
प्रेस बिज्ञप्ति
अहिले विभिन्न सामाजिक संजाल र त्यसैलाई आधार मानि केही संचार माध्यमले मेरो चरित्र हत्या हुने गरि बनाइएको भिडियो र समाचार प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । ३ बर्ष अघि एउटा अपरिचित भारतिय अपरिचित ह्वाट्स एपबाट फोन आएको र कसको हो भनी उठाउदा एउटा भरतिय महिलाले सामान्य कुरा गर्ना साथ उताबाट अश्लिल दृश्य देखाउना साथ मैले फोन काटे र तत्पश्चात कुरा गरेको अनुहारको भिडियोमा मेरो चरित्र हत्या हुने खालको भिडियो जोडि अहिले मेरो चरित्र हत्या गरिएको प्रती आपत्ति प्रकट गर्दछु । ती भारतिय महिलाले मलाई ५० हजार मागेको नत्र “तुमारा भिडियो ईडिट करके भाईरल कर्दुगा“ भनेर पैसाको बार्गेनिङ गरको र मैले पैसा नदिएपछि अहिले आएर फेस पछिको अश्लिल तस्विर जोडि मेरो सामाजिक सञ्जालमा राखिएकाले सो अश्लिल भिडियोमा कुनै पनि सत्यता नरहेको र भ्रममा नपर्न सम्पुर्ण साथीभाई इस्टमित्रहरु , शुभचिन्तक तथा संचारकर्मी मित्रहरुमा अनुरोध गर्दछु।साथै सो बारेमा कानुनि प्रकृयामा समेत अघि बढेको यहाँहरूलाई अवगत गराउदछु ।

ताजा समाचार

सम्बन्धित समाचार