Saturday, July 27, 2024

चीनको साँघाइ सहयोग संगठन र शान्सी प्रान्तको सरकारसँग विकास अनुभव आदान प्रदान

प्रकाशित:

महेन्द्रनगर । चीनको साँघाइ सहयोग संगठन र शान्सी प्रान्तको सरकारसँग विकास अनुभव आदान प्रदान सुरु भएको छ । तिन दिन चल्ने उक्त कार्यक्रम सोमबारदेखि चीनको साँघाईमा सुरु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उक्त कार्यक्रममा नेपालको तर्फबाट समाज कल्याण संघका सदस्य सचिव मनोज भट्ट प्रमुख वक्ताका रुपमा रहेका छन् । भट्ट महेन्द्रनगरबासी हुन् ।

हाल नेपालमा १५ औं पञ्चवर्षिय योजना लागु भएको छ, जसले ग्रामिण विकासका लागि ग्रामीण संरचनाहरुको विकास, ग्रामीण जीवीकोपार्जन र जीवनशैलीमा सुधार र बसाइसराइलाई व्यवस्थित गर्ने दिशामा मुलत काम गरिरहेको नेपालको तर्फबाट प्रतिनिधित्व गरेका भट्टले जानकारी गराएका छन् ।

त्यस्तै गरिबी निवारणका लागि सरकारले आगामी २० वर्षमा गरिबी शून्यमा पुर्याउने नीति अनुरुप २५७ राष्ट्रिय सुचकहरु बनाएर काम गरिरहेको छ विवरण भट्टले उक्त कार्यक्रममा प्रस्तुत गरे ।

उद्घाटन कार्यक्रममा समाज कल्याण परिषद्ले पछिल्लो २० महिनामा ९ करोड ६० लाख अमेरिकी डलर बराबरको लागानी भित्रयाएको छ, जसले गरिबी निवारण सँगै दिगो विकास लक्ष्य प्राप्तिका लागि कार्य गरिरहेको समेत उनले जानकारी गराए ।

विगतमा चीन सरकारको सहयोगका लागि धन्यवाद दिदै आगामी दिनहरुमा पनि नेपालको प्राथमिकता अनुसार सहयोग कार्यक्रमहरु निरन्तर हुने अपेक्षा गरेको उनले बताए ।कार्यक्रमको प्रारम्भमा उनले चीन र नेपालको सामाजिक र साँस्कृतिक सम्बन्धको बारेमा पनि चर्चा गरेको थिए ।

नेपालको तर्फबाट प्रतिनिधित्व गरेका भट्टले सुदुरपश्चि विकासका दृष्टिले पछाडि परेकोले यहाँका विकासमा सहकार्य गर्दै नेपाललाई विकसित देशमा सुचीमा पुर्याउन आफु प्रतिबद्द भई काम गरिरहेको उनले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार