Friday, March 29, 2024

भीनपा–१३ मा व्यवस्थित नयाँ बस्ती निर्माणको अभियानमा वडाध्यक्ष बोहरा

प्रकाशित:

महेनद्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष राम बहादुर बोहरा (झकास ) निवार्चीत भएको एक वर्ष पुरा भएको छ । झक्कास स्वत्रन्त(बिना पार्टी) बाट बहुमतले वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
वडाध्यक्ष बोहरा जनताले खोजेका र रोजेका जनप्रतिनिधि हुन ।

निस्वार्थ भावनामा देशको विकास गर्ने जनप्रीय नेताको पर्यायका रुपमा पनि वडाध्यक्ष बोहराको नाम लिने गरिन्छ । उनी आफ्नो कुर्सीमा भगवानका तस्विर राखेर पुजापाठ गर्छन् । वडाध्यक्षमा निर्वाचित भएकै दिनदेखि बोहराले आफ्नो कुर्सीमा भगवानका मूर्ती तथा तस्विर राखेर आफु सेवाग्राही संगै बस्दै आएका छन् ।

वडाध्यक्ष बोहराले चुनाबका बेला जनताका माँझ वडाको विकास निर्माण तथा स्तरोन्तीको लागि २२ वटा प्रतिवद्धता गरेको बताए । जस अनुसार १० वटा प्रतिवद्धता पहिलो वर्षमै पुरा गर्न सफल भएको बताउछन् ।
शिक्षा, स्वास्थ्य, खानेपानी, बजार व्यावस्थापन, बाटोघाटो, विजुली, गरीबको स्तरोन्नती, सरकारी विद्यालयको स्तर उकास्न दिन रात नभनि कटिबद्ध ढंगले लागिरहेको वडाध्यक्ष बोहरा बताउछन् ।

पुर्वाधार विकासका कामहरुः
१। बस्तीमा हात्ती नछिरोस भनि बस्ती बचाउन हात्तीसार गेटको दायाँ बायाँ पर्खाल ।
२ वडाका विभिन्न ठाउमा ग्राभेल र नयाँ ट्रेक खोल्ने काम ।
३। विभिन्न ठाउँमा होम पाईप जडान
४  शाखा नहर र टर्सरी नहरमा ६ थान फुट व्रिज निर्माण ।
५ महिला उद्यमीहरुका लागि समावेसी व्यावसायीक आयमुलक ३ महिने सिलाई कटाई तालिम ।
६  हात्तीसार गेट प्रवेशद्धार बाट हात्तीसार मुल गेट सम्म सडक कालोपत्रे ।
७  शोनापुरमा हाट बजार स्थल निर्माण ।
८  बैजनाथ निमाविको दुईकोठे भवन निर्माण ।
९  विभिन्न ठाउमा सडक बत्ती जडान ।
१०   सोनापु्र टोल नजिकै गौशाला स्थापना ।
१२  महाकाली नदीमा श्री रामानुज घाट निर्माण ।
आफ्नो वडामा शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतका पुर्वाधार विकासमा चुनावमा गरेका बाचाहरु पुरा गर्न जस्तो सुकै अवस्थामा पनि कटिबद्ध रहेको वडाध्यक्ष बोहराले बताए ।निर्वाचनको बेला गरेका प्रतिवद्धता पुरा हुनुमा वडामा निर्वाचित सदस्यहरु बाला देवि चन्द,दिपक बहादुर बुढा, हरिश साउँद,फुल पहरीको को महत्वपुर्ण योगदान रहेको उनले बताए ।

 

 

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार