Saturday, July 27, 2024

स्वाबलम्वी कृषक समुह कञ्चनपुर अपाङ्गता भएका व्याक्तिहरुलाई स्वरोजगार र आयआर्जन संग जोड्दै

प्रकाशित:

महेन्द्रनगर । स्वाबलम्वी कृषक समुह कञ्चनपुरले अपाङ्गता भएका व्याक्तिहरुलाई परनिर्भरताको अन्ते गर्ने लोकल कुखुरा पालन फर्मको शिलान्यास गरेको छ । कृषक समुहले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ मा रहेको १० कट्टा जमिन लिजमा लिएर लोकल कुखुरा पालनलाई अपाङ्गता भएका व्याक्तिहरुसंग जोड्न, परनिर्भरताको अन्ते गर्ने, अपाङ्गता भएका व्याक्तिहरुलाई कृषी व्यावसायमा संगलग्न गराउने उदेश्ले  कुखुरा पालन फर्मको शिलान्यास गरेको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कुखुरा पालन फर्मको शिलन्यास वडा नम्बर १का वडा अध्यक्ष आसिफ कुवँर भुन्टु र भीमदत्त नगरपालिका वडा नम्बर ३ का गगन धामीले सयुक्त रुपमा गरेका हुन ।अपाङ्गता भएका व्याक्तिहरुलाई समाजले मात्र होईन घरपरिवारबाट समेत अपहेलित हुनुपर्ने घर परिवारबाट विचलित हुनुपर्ने गम्भीर परिस्थीतीबाट गुज्रीनु पर्ने अवस्थाको अन्ते गर्ने र अपाङ्गता भएका व्याक्तिहरुले पनि आफै आयआर्जन गरेर जिविकापार्जन गर्ने सक्छन् भन्ने यो समाजलाई देखाउनुपर्छ भन्ने आट लिएर लोकल कुखुरा पालन फर्मको शिलन्यास गरेको स्वाबलम्वी कृषक समुहका पदेन सदस्य दिर्घ स्वाँरले बताएका छन् ।

स्वाँरले संघीय सरकारले अपाङ्गता भएका व्याक्तिहरुको मनोबल बढाउनको लागि अनुदान स्वरुप लोकल कुखुरा पालनको लागि रु २५ लाख सहयोग गरेको बताए ।अपाङ्गता भएका व्याक्तिहरुको भावनाको कदर गर्दै वडा अध्यक्ष कुवर र भीमदत्त नगरपालिका वडा नम्बर ३ का गगन शिह धामील धेरै सहयोग गरेको बताए। ‘जनप्रतिनिधि हुन त कुवर र धामी जस्त’ै,जो गरिब,असहाय,दलित,विपन्न, वर्गको घाउमा मलम लगाउने,।कुवर र धामीले यो कृषक समुहलाई सुरुवाति चरण बाटनै सहयोग गर्दै आएको बताए ।यो कुखुरा व्यावसायले कृषक समुहमा रहेका १६ जना अपाङ्गता भएका परिवारलाई बाच्ने आधार बन्ने स्वाँरको भनाई छ ।

भीमदत्त नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष आसिफ कुवँर भुन्टुले १ न वडामा रहेका अपाङ्गता व्याक्ति,दृष्टी विहिन लाई पनि यो कृषी समुहले समेटोस् र संस्थाको उदेश्य अनुरुप वेखुवि निभाउन र भ्रष्टचार विनानै काम गरोस भन्ने शुभकामना व्याक्ति गरेका छन्।भीमदत्त नगरवापलिका वडा नम्बर ३ का वडा अध्यक्ष गगन धामीले अपाङ्गता भएका व्याक्तिहरुले सपाङ्गता भएर लखर लखर डुलिरहेका मानिसहरुलाई नयाँ पाठ सिकाउने बताए।
धामीले भने अपाङ्गता भएका व्याक्तिहरु पनि कृषी पेशामा सक्रिय भए भनेर समाजमा नयाँ किसिमको संदेश जाने बताए । आगामी दिनमा अपाङ्गता भएका व्याक्तिहरुलाई सक्दो वडाको तर्फ बाट सक्दो सहयोग गर्नै बताए ।

 

 

 

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार