Saturday, April 20, 2024

लोक कल्याणकारी सेवा ट्रष्ट कञ्चनपुर गौ –रक्षा महाअभियानका लागि अक्षकोष संकलन गर्दै

प्रकाशित:

महेन्द्रनगर । लोक कल्याणकारी सेवा ट्रष्ट कञ्चनपुरले गौ –रक्षा महाअभियान कार्यक्रम अन्र्तगत गौ–सेवा अक्षयकोष निर्माणकार्य सम्पन्न गर्ने आवश्यक सहयोग जुटाउने महाअभियानको थालनी गरेका् छ ।संस्थाले पछिल्लो समय कञ्चनपुर जिल्लामा सामुदायीक छाडा पशुचौपायाको बिगविगि बढेसंगै छाडा चौपायाको अवस्था पनि निकै दर्दनाक रोडमा तड्पिएर मरिरहेका जस्ता रिदय विदारक जटिल समस्या देखीएको हुदा ज्ञान –विज्ञानको साक्षत प्रतिमुर्ति मानीने राष्ट्रिय पशु गाई माता तथा गौ–वंशको उचित शंरक्षण सम्बर्धन र दिगो व्यावस्थापनको लागि अक्षयकोष निर्माण महाअभियानको थालनि गरेको हो ।

लोक कल्याणकारी सेवा ट्रष्टको संकल्पमा संचालित गौ–रक्षा महाअभियान कार्यक्रम अन्र्तगत सचेतना अभिवुद्धि तथा फोहोरलाई मोहोर बनाउदै गौ सेवा गरौ भन्ने महाअभियान संचालनमा रहेकोले हामा्रे यस सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला भित्र दिगो रुपमा प्रभावकारी ढङ्गले गौ–वंशको संरक्षण,सम्बर्धन र व्यावस्थापनमा सहकार्य योजना अधि बढाउन विद्यालयमा खेर गएका नकारात्मक उर्जादिने,टुटे,फुटेका,कबाड,कागज,गत्ता,पदार्थ,फलाम तथा धातु जन्य पदार्थका टुक्रा,टाक्रि,विग्रीएका विधुतिय उपकरण,का साथै बाबु–नानीहरुका कापी किताबको सहयोग जुटाउन जिल्लाका समपुर्ण विद्यालयहरुलाई पत्राचार गरीएको लोक कल्याणकारी सेवा ट्रष्ट कञ्चनपुरका उपाध्यक्ष गुरु हरिशरण महाराजले बताए ।

उपाध्यक्ष महाराजले सरकारपक्षबाट गौ व्यावस्थापन कुनैपनि पहल नहुदा गौ आधारति खेती संग जोड्नको लागि बालकहरुको माध्यम विद्यार्थी हरुको माध्यमले अक्षकोष महाअभियान चलाएको महाराजको भनाई रहेको छ । भीमदत्त नगरपालिका वडा न १८ कटानमा रहेको महेन्द्र साधारण विद्यालयले कवाड थन्क्याउनको लागि एउटा हल उपलब्ध गराएको छ ।‘हरिशरण महाराजले भने’‘भीमदत्त नगरपालिका भित्र रहेका स्कुलहरुबाट संकलन भएका कवाडलाई भीमदत्त नगरपालिका महेन्द्र साधारण माविको राख्छौ’‘नेपालमा कच्चा पदार्थको कमी छ।’‘संकलन भएको कवाड नेपालीहरुले दर्ता गरेको कवाड संस्थाहरुलाई मात्र बेच्छौ’।‘कुनै भारतीय कवाडिलाई दिदैनौ’।‘कवाड बेचेर संकलन भएको पैसा गौ –दिगो व्यावस्थापन अक्षकोषमा जम्मा गर्नेछौ’।हाल कञ्चनपुरमा लोक कल्याणकारी सेवा ट्रष्ट सस्थाका समितिमा ११ सदस्य रहेका छन् । जसमा प्रमुख गौ संरक्षक जगत गुरु महाराज,जिल्ला अध्यक्ष कृष दत्त जोशी (बोक्सर) रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार