Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

बेल्डाँडी गाउँपालिकाले सूचना दिन किन आलटाल?

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेल्डाँडी गाउँपालिकामा सूचना दिन आलटाल गरिरहेका छन् ।

उक्त पालिकामा सेवाग्राहीले सूचना अधिकारीलाई सम्बोधन गरी ०८० वैशाख १० गते गाउँपालिका कार्यालयमा सार्वजनिक सरोकार वाला विषय सम्बन्धी सूचना माग गर्दै निवेदन दर्ता गराएको थियो ।

उक्त गाउँपालिकाका सूचना अधिकारी सन्तोष प्रसाद उपाध्यायले निवेदन बुझ्दै सूचना उपलब्ध गराउने प्रतिबद्धतासमेत गरेका थिए । तर एक महिना बितिसक्दा पनि सूचना भने सेवाग्राहीले प्राप्त गर्न सकेनन् ।

गाउँपालिकाले अनियमितता लुकाउन सार्वजनिक सरोकारका विषयमा सूचना दिन आनाकानी गरेको छ । सूचना लिनु हरेक नागरिकको अधिकार हो । तर, बेल्डाँडी गाउँपालिकाले सूचना उपलब्ध नगराउनुको मुख्य कारण के हो ?

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार