
महेन्द्रनगर । पुनर्वासमा जंगली हात्ती दिउँसै देखा परेको छ । पुनर्वास-१० विकास बस्ती दोदा पुल नजिकै मंगलबार दिउँसो हात्ती देखा परेको हो ।
हात्ती उखुको खेत हुँदै दुधवा नेसनल पार्कतर्फ लागेको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश यादवले जानकारी दिए ।
हात्तीको आक्रमणमा केही पशुवस्तु घाइते भएका छन् । एउटा गोरु र भैँसी घाइते भएको यादवले बताए ।
उनका अनुसार वन कर्मचारीहरु उक्त जंगली हात्तीबाट मानविय क्षति हुन नदिन सर्बसाधारणलाई सचेत गराइरहेका छन् ।
