Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

जिप्रका भित्रै जवानमाथि ज्यादती गर्छिन इन्सपेक्टर शाही

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुरमा प्रहरी अधिकृतबाट जवानहरुले बिनाकारण सास्ती तथा ज्यादती भोग्नु परेका घटना बाहिरिन थालेका छन् । स्थलगत रिर्पोटिङमा रहेका पत्रकारहरुमाथि दुई जना प्रहरी अधिकृतहरुले कुटपिट गर्दै उक्राउ गरेको घटनालाई लिएर पत्रकार महासंघ लगायतका प्रेस संगठनहरुले कार्बाहीको माग गरेपछि प्रहरी जवान माथि नै भइरहेको दमन तथा ज्यदतीका घटनाहरुले समेत ठाँउ पाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनु शाहीले प्रहरी जनाव तथा कर्मचारी माथी ज्यादती गर्ने गरेको स्रोतको दावि छ ।प्रहरी अधिकृत शाहीले आफुभन्दा तल्लो दर्जामा रहेका सिपाही, हवलदार लगायतका प्रहरी तथा कर्मचारीहरुलाई शाररीक तथा मानसिक रुपमा समेत टर्चर गर्ने गरेको स्रोतको भनाई छ ।प्रनि बिनु शाही जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला सेलकी संयोजक हुन । स्रोतका अनुसार प्रनि शाहीको कमान्डीङमा डियुटीमा खटिदा सार्बजनिक ठाउँमा सहित प्रहरी जवान लगायत कर्मचारीहरुलाई ठाडो भाषा प्रयोग गर्दै गालिगलौच, अशिष्ट व्यवहार भोग्नु पर्छ ।

प्रनि शाहीले अधिकृत भन्दा तल्लो दर्जाका प्रहरीलाई नियतबस दुःख तथा पिडा दिने केहि दिन अघिको एउटा प्रतिनिधि घटना छ । नाम नखोल्ने सर्तमा एक जना प्रहरीले भने,‘प्रहरी हिरासतमा रहेका थुनुवाहरुका लागि चुरोट, सुर्ती, गुट्खा लगायतका वस्तु पु¥याउनबाट रोक्दा प्रनि शाहीले हामीलाई सबैको सामुन्ने सजाय दिलाए ।’ उनले भने–‘तर प्रनि बिनु शाहीले थुनुवामा रहेका थुनुवाहरुलाई नियम विपरित चुरोट,सुर्ती गुट्खा समेत लिन दिन आदेश दिने गरेकी छन्, रोक्दा उल्टै कार्बाही र सजाय भोग्नुपर्छ । नियम विपरित किन जानु हुन्छ, भन्दा उल्टै ति प्रहरी कर्मचारीलाई सबैको अगाडि घोफ्टो पारेर सजाय दिइन्छ ।’ नाम गोप्य राख्ने सर्तमा उनले आभाषकुञ्जलाई बताए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार