Saturday, July 27, 2024

तस्करबाट मोटो रकम असुल्न नपाएपछि भन्सार ऐन विरुद्धका गतिबिधिमा जुट्यो कञ्चनपुर प्रहरी

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा न ५ मा जेठ २ गते मंगलबार प्रहरीले भारतबाट (क्यारिङ) गर्ने मानीस विच ठुलै विवाद उत्पन्न भयो ।कञ्चनपुर प्रहरी अनाहक रुपमा भन्सार रकम तिरेर आएका र भन्सार छली गरि आएका हरुलाई एउटै घानमा हालेर पेल्ने जुक्ती निकाल्दा स्थानीय र प्रहरीवीच २ घन्टाको निकैलामो धरपटक चल्यो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सो घटनाको समाचार संकलनका लागी सुकासाल पुगेका कञ्चनपुरका पत्रकार ऐश्वर्या कुवँर र राजेद्रनाथलाई प्रहरी निरिक्षक विनु शाहि र प्रनि सीताराम विष्टले कुटपीट गर्दै हतकडि लगाई जिल्ला प्रहरी कार्यालय पुर्यायो ।यती मात्र होईन पत्रकार ऐश्वर्या कुवँरलाई एक घन्टा थुनामा राख्न समेत प्रहरी अधिकृतको ठाडो आदेश आयो ।यो घटना बाट प्रहरी चौतर्फि रुपमा बदनामीत र आलोचित भएको छ ।

जेठ २ गते मंगलबार पत्रकार माथी घटेको यो घटनाको खेद प्रकट गर्दै र भारतबाट क्यारिङ गरेर जिविपार्जन गरिरहेका गरीब,निमुखा असाहे, महिलाहरुलाई प्रहरीले गरेको दम्ब प्रति घोर आप्पती जनाउदै राष्ट्रिय युवासंघ,दरुणदल,खेलकुद महासंघले कञ्चनपुर भन्सार कार्यालय प्रमुख धुर्ब विश्वकर्मालाई भेटेर सुकासालमा घटेको घटनाको ध्यान आर्कषण गराएका छन् ।

नेपाल तरुणदल कञ्चनपुर अध्यक्ष तथा भीमदत्त नगरपालिका वडा न १० का वडा अध्यक्ष महेस चन्दले भारतबाट क्यारिङ(मजदुरी) गरेर ,भारतीय बजारमा श्रमबेचेर,भारतीय सीमामा समान चेकजाचका नाममा शाररीक चेकजाच हुनु जस्ता कार्यहुनु भनेको राज्यको लागी लाज लाग्दो कार्य भएको बताए ।चन्दले भने नेपालमा रोजगारी नभयर दुई छाक जोर्ने भारतको बनबासा शहरबाट क्यारिङ गरेर त बालबच्चा पालेका छन् ।त्यसमा पनि प्रहरीले सुखले खानदिदैन।

उनीहरुलाई पनि प्रहरीले सुख संग खान दिदैन ।नेपालीले गडचौकीबाट भारत जादा भारतीय सुरक्षाबल एसएसबिले नेपालीला पाकिस्थानको बोडर बाट आतङ्कबादी आएको होकी भनेजस्तै सारै तुच्छ व्यावहार गर्ने गरेको हुदा यो समस्या प्रतिपनि सम्बन्धीत निकायको ध्यान जान जरुरी देखीएको बताए । भन्सार प्रमुख विश्वकर्माले भन्सारबाट गएका समान विच बाटोबाटै समात्नुपर्ने किन कञ्चनपुर प्रहरीलाई आईलाग्यो ?यस विसयमा प्रहरी प्रमुख सहितका निकायसंग छलफल गर्ने बताए ।

भन्सार बाट विना चेकजाच समान छाडेको भन्दै भन्सार र प्रहरी विरुद्धमा अफबाह फैलाउन खोजेको आशय व्याक्त गरेका छन् ।भन्सार प्रमुख विश्वकर्माले भन्सार ऐनको दफा ३३ मा भन्सारबाट जाँचपास भएका समान सम्बन्धीत निकायले हेर्ने हो, जोख्ने हो।यदी कसैले सुराकी दिए सम्बन्धीत अधिकारीको उपस्थितिमा मात्रै यो काम गर्ने पाईने अन्यथा कसैलाई पनि चेँकजाच गर्ने नपाईने बताए ।

जिल्ला राजश्व समिति सहितका सरोकारवाला संग बसेर राजश्व चुहावट रोकीने उनको भनाई रहेको थीयो ।भन्सार काटेर आएका समान प्रहरीले रोक्दै बरामत गर्दै आएको बारे कञ्चनपुर प्रहरीका प्रवक्ता प्रकाश डागिसंग प्रतिक्रिया माग्दा उनले यस विषयमा आफुलाई केही थाहा नभएको र एसपी सापलाई सोध्न टार्दै प्रतिक्रिया दिन मानेनन्।

 

ताजा समाचार

सम्बन्धित समाचार