Thursday, April 18, 2024

भीमदत्त नगरपालिकाको शिक्षा शाखामा अखिल क्रान्तिकारीको तालाबन्दी

प्रकाशित:

महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी ले कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ ।

सामुदायिक तथा निजी विद्यालयहरुले विभिन्न शीर्षकमा लागू गरेको शुल्क खारेजको माग गर्दै बिहीबार अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो ।

नेपालको संविधानमा गरिएको व्यवस्था अनुरुप निःशुल्क र अनिवार्य शिक्षा हुनुपर्ने सामुदायिक विद्यालयहरुले विभिन्न शीर्षकमा शुल्क लिइरहेको र निजी संस्थागत विद्यालयले पनि बिना कुनै स्रोत खुला २५ % सम्म शुल्क लिएको विरुद्धमा अखिल क्रान्तिकारी आज तालाबन्दी गरेको संगठनका केन्द्रीय सचिव प्रकाश सी ले बताए ।

उनले भने , “ विद्यालयको नियमन र नियन्त्रण गर्ने जिम्मेवारी नगरपालिकाको शिक्षा शाखाको भएका कारण विद्यालयहरुले लिइरहेको शुल्क पूर्ण रुपमा यथाशीघ्र खारेज गर्नुपर्छ । ”

देश भित्रको द्वेत शिक्षा प्रणालीको कारण गरीब किसानका छोरा छोरी मर्कामा परेको, अखिल क्रान्तिकारी कै केन्द्रीय सदस्य ललित सी ले भने । कानुन र नियम विपरीत गएर सामुदायिक विद्यालयहरुले गरीब घर परिवारका छोरा छोरी शिक्षाबाट वञ्चित हुने स्थिति भएका कारण शिक्षा निःशुल्क र सर्वसुलभ हुने पर्ने उनले बताए ।

आफ्नो संगठनले पटक पटक नगर शिक्षा समिति छलफल गरी खारेजीको माग गर्दा पनि शुल्क लिन नरोकेको र आज बाध्य भएर शिक्षा समितिमा ताला लगाइएको हो , ललित सी ले भने ।

भीमदत्त नगरपालिकाकाले सामुदायिक ,सरकारी विद्यालयले शुल्क लिन नपाउने र निजी विद्यालयले बिना कुनै कारण शुल्क बढाउन र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने भनेर सूचना निकाल्दा पनि विद्यालयको शुल्क लिने क्रम भने रोकिएको छैन ।

संगठनले तालाबन्दी गर्नुको कारण खुलाउँदै संविधान अनुरुप शिक्षा निःशुल्क हुनुपर्ने ,निजी तथा संस्थागत विद्यालयले चर्को रुपमा बढाएको २५ % शुल्क फिर्ता गरिनुपर्ने , विद्यालयमा आवश्यक शिक्षा दरबन्दी व्यवस्था गर्नुपर्ने , नीजि विद्यालय बाट दिइने १० प्रतिशत शुल्कको मापदण्ड लागू गर्नुपर्ने बताएका छ ।

नेकपा निकट अखिल क्रान्तिकारीले नयाँ शैक्षिक सत्र सुरु भए संगै शैक्षिक गुणस्तर सुधारका लागि आन्दोलन गरिरहेको छ । गएको वैशाख २६ गते कञ्चनपुरको समुदायिक विद्यालय साधारण ( महेन्द्रनगर ) माविमा पनि शुल्क खारेजीको माग गर्दै तालाबन्दी गरेको थियो ।

सो विद्यालयमा पनि संगठन विद्यालय प्रशासन बीच सहमति न जुट्दा ताला अझै खुलेको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार