Saturday, July 27, 2024

महेन्द्रनगरका स्थानीय युवाहरूको समूह ‘आई केयर यु’ ले विगत १३ वर्षदेखी बिरामी पशु चौपायाहरूको निःशुल्क औषधि उपचार गर्दै

प्रकाशित:

महेन्द्रनगर । सडकका पेटीमा अलपत्र परेर चोट पटक लागेका बिरामी पशु चौपायाहरूको महेन्द्रनगरका स्थानीय युवाहरूको समूह ‘आई केयर यु’ ले निःशुल्क औषधि उपचार सेवा गरिरहेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सडकमा गुडिरहेका सवारी साधनले ठक्कर दिएर घाइते भएका, मानिसहरूले लठ्ठी, ढुङ्गा प्रहार गरेका तथा अन्य रोगबाट ग्रसित पशु चौपायाहरूलाई सो समूहले उनीहरूको उपचार गरी निको पार्दै आएको छ ।

विगत १३ वर्ष देखी संस्थाले निरन्तर पशु चौपायाहरूको उपचार गरी निको पार्दै पाएको समुहका संस्थापक मन्जु शाहीले बताए ।

अहिले उक्त समुहमा मन्जु शाही, विष्णु पनेरु, सुरज कुवर, सरिता रावल, रबिन उपाध्याय लगायतका युवाहरू निरन्तर पशु चौपायाहरूको उपचार गर्ने कार्यमा खटिने गरेका छन् ।

समुहले वर्षभरी कपडा जम्मा गरेर प्रत्येक साल दसैँ र तिहारको बेला गरिबहरूलाई बाँड्ने गरेको समेत शाहीले बताए ।

जन्मदिन, विवाह, आदिमा दान स्वरूप मिलेको सहयोगबाट आर्थिक खर्च धानेको र स्थानीय सरकारबाट कुनैपनि सहयोग नमिलेको उनले बताए ।

उनले भनिन ‘जन्मदिन, विवाह आदिबाट स्वरूप मिलेको सहयोगबाट हामीहरूले आर्थिक खर्च धानेका छौँ, हामीलाई स्थानीय सरकारबाट कुनैपनि सहयोग मिलेको छैन् ।’

बेसाहाराको सहारा बन्न पाएकोमा आफू निकै खुशी भएको तथा सदैव समाज सेवा गरिरहने उनले बताए ।

सडकमा सास्ती खेपिरहेका पशु चौपाया र अन्य जनावरको औषधी उपचार तथा संरक्षणका लागि ‘आई केयर यु’ समूहलाई विभिन्न व्यक्तिहरूले देश तथा विदेशबाट समेत आर्थिक सहयोग गर्दै आएको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार