Saturday, July 27, 2024

कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ

प्रकाशित:

कञ्चनपुरमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन । जिल्लाको भिमदत्त नगरपालिका वडा नं। १७ बासखेडाबाट प्रहरीले लागुऔषध सहित दुई जना स्थानियलाई पक्राउ गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

६३ एम्पुल रेक्सोजेसिससहित वडा नं। ४ का २७ वर्षीय प्रदिप भट्ट र वडा नं। १८ का १९ वर्षीय इनामियल राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए । मझगाउँ प्रहरी बीटका हवल्दार धनबहादुर पालीको कमाण्डमा खटिएको टोलीले ऐरीबाट साइकलमा नहरको बाटो हुँदै वनगाउँतर्फ गइरहेका दुबै जना माथि शंका लागेर शरीर जाँच गर्दा लागूऔषध फेला पारेको हो ।

राईले उक्त लागूऔषध कालो पोलिथिनमा हालेर अन्डरवेयरभित्र लुकाइराखेको प्रहरीले जनाएको छ । उक्त लागूऔषध सीमा पारिबाट ल्याइएको आशंका गरिएको छ । ठूलो परिणाम भएकाले बिक्री, वितरणको उद्धेश्यले ल्याइएको हुनसक्ने तर अनुसन्धान जारी रहेको डिएसपी डाँगीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार